८ बैशाख २०८१, शनिबार

तीन कम्युनिस्ट पार्टीले कात्तिक २४ गते काठमाडौंमा भण्डाफोर सभा गर्ने

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक कम्युनिस्ट पार्टी र नेकपा सम्मेलित तीन कम्युनिस्ट पार्टीले आगामी कार्तिक २४ काठमाडौँको बसन्तपुरमा भण्डाफोर सभा गर्ने निर्णय गरेका छन् ।

सोमबार काठमाडौँको बुद्धनगरस्थित नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा बसेको तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकले यस्तो निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए ।

बैठकमा प्रवक्ता प्रकाण्ड, नेकपा अध्यक्ष ऋषि कट्टेल र बैज्ञानिक समाजवादी पार्टी नेपालका अध्यक्ष विश्व भक्त दुलाल आहुती सहभागी रहेका थिए ।

देशमा महङ्गी, भ्रस्टाचार, बेरोजगारी, अस्थिरता, बाह्य हस्तक्षेप बढ्दै गएको र यी समस्याहरू विद्यमान राज्यसत्ताले पैदा गरेकाले यसबाट निकास पाउन यो व्यवस्थाको विकल्प जरुरी भएको भन्दै संघर्षरत तीन कम्युनिस्ट पार्टीले आसन्न मङ्सिर ४ गते हुन गइरहेको संसदिय निर्वाचन खारेजको संयुक्त कार्यनीति लिएपछि देशव्यापी प्रचारात्मक र राजनीतिक कार्यक्रम अन्तर्गत काठमाडौँको बसन्तपुरमा भण्डाफोर सभा गर्ने निर्णय भएको बुझिएको छ । कार्तिक २४ गते १२ बजेबाट सुन्धाराबाट जूलूस प्रदर्शनसहित दिउसो १ बजे सभाको सुरुवात गरिने समेत बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।