१२ बैशाख २०८१, बुधबार

इलामको मङ्गलबारेबाट नेकपाका चार कार्यकर्ता पक्राउ

0

आसन्न संसदिय चुनावको पूर्वसन्ध्यामा इलामको देउमाई नगरपालिका मङ्गलबारेबाट नेपाल कम्युनिस्ट पार्टी समर्थक ४ जना कार्यकर्ता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नेकपा इलाम अन्तर्गत जिल्ला जनपरिषद प्रमुख हुकुम मल्ल, पार्टी सदस्यहरु एलन राइ, मुक्त राइ र सोम राई रहेको नेकपा इलामका इन्चार्ज तथा केन्द्रिय सदस्य सुमन सीले जानकारी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ४ मा हुने भनिएको आम निर्वाचन मुलुकमा विद्यमान आर्थिक राजनीतिक समस्याको निकास दिने भन्दा पनि दलाल पुजीवादी सत्तामा प्राण भर्न र सत्ता र शक्तिको बलमा राज्यको दोहन गर्ने उद्देश्यले हुन लागेको भन्दै चुनाव खारेजको नीति लिएपछि पार्टी सम्वद्ध कार्यकर्ताहरु शान्तिपूर्ण प्रचारप्रसारमा लागि रहेको बेला नेकपाका कार्यकर्ताहरु पक्राउ भएको बताइएको छ ।
घटनाबारे सत्यतथ्य बुझ्न इलाम स्थिति प्रहरी प्रमुख यस पी दिलिप घिमिरेलाई सम्पर्क गर्दा नेकपा समर्थक कार्यकर्ताहरुले चुनावको विरुद्दमा भित्ते लेखन गरिरहेकोले उनीहरुलाई पक्राउ गरिएको र आवश्यक प्रारम्भिक बुझ विस्तार भैरहेको उनले हाम्रा सम्वादातालाई जानकारी दिएका छन् । शान्तिपूर्ण रुपमा आफ्नो विचार राख्न खोज्दा दमन गर्नु राज्यको गलत रवैया भएकोले यसको प्रतिवाद गरिने नेकपा केन्द्रिय सदस्य सुमन सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।