८ बैशाख २०८१, शनिबार

नेकपा बाजुराले महाधिवेशनका निर्णयबारे बहस सञ्चालन गर्ने

0

बाजुरा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाजुराले हालै सम्पन्न पार्टीको नवौ महाधिवेशनद्वारा पारित सैद्धान्तिक र राजनीतिक तथा आर्थिक दृस्टिकोणहरुलाई वुद्धीजिवि, वामपन्थी र आम जनता विच व्यापक छलफल, अन्तर्कृया र बहस गर्ने निर्णय गरेको छ ।

बाजुरा जिल्लाको बडिमालिकाको ढक्कने स्थित टोलमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार सम्पन्न नेकपा बाजुरा जिल्ला समिति बैठकले कमिशन खाएर विकास योजना वेच्नेहरु विरुद्ध जनकारबाही गर्ने, पार्टी सदस्यता विस्तार गर्ने, भ्रस्ट तथा एमसीसी पक्षधर उम्मेदवारलाई मतदान नगर्न र चुनावको खारेज गर्ने पार्टी नितिलाई साथ दिन जनतामा अपिल गर्ने साथै प्रचारात्मक कामलाई तिव्रता दिने निर्णय समेत गरेको कुरा केन्द्रिय सदस्य एण्डिजले जानकारी दिएका छन ।

जिल्ला कमिटी बैठकमा पार्टी केन्द्रको सर्कुलर वाचन पछि योजनाको भाव सहित प्रशिक्षण मन्तव्य प्रमुख अतिथि एण्डिजले राखेका थिए भने बैठकको अध्यक्षता भरत सी र आतिथ्यता जिल्ला सल्लाहकार आकासले गरेको जानकारी दिईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।