
नेपाल कम्युनिष्ट पार्टीले पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पाँचथर जिल्ला सचिव सन्तोष विष्टको जीवनसाथी सरिता तुम्बापो (विष्ट) को वैदेशिक रोजगारीको सिलसिलामा विदेशस्थित कुवेतमा कार्यरत रहदै गर्दा यही कार्तिक १७ गते असामयिक निधन भएको खबरले सिंगो पार्टी मर्माहत र स्तब्ध भएकोजनाएको छ ।
नेकपा महासचिव विप्लवले एक शोक वक्तव्य जारी गरी सरिता तुम्बापोको निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोक सन्तब्ध परिवारजनप्रति गहिरो संमवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्