१४ बैशाख २०८१, शुक्रबार

नेकपा लम्जुङको भित्तेलेखन अभियान प्रारम्भ

0

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति लम्जुङको भित्तेलेखन अभियान आजबाट शुरु भएको छ । पार्टीको हालै सम्पन्न जिल्ला समितिको बैठकले आगामी संसदिय चुनाव विरुद्ध भित्तेलेखनसहित प्रचारप्रसार अभियानलाई तिव्र पार्ने निर्णय अन्तर्गत भित्तेलेखन शुरु गरिएको हो ।
मङ्सिर ४ गते हुने भनिएको चुनाव जनताका लागि आकाशमा बेल पाक्यो कागलाई हर्ष न विस्मात भने जस्तै भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेको कार्यनीति लिएपछि नेकपा लम्जुङले भित्तेलेखन लगाएतका प्रचारात्मक काम अगाडि बढाइएको बुझिएको छ ।
प्रचार अभियानको क्रममा शान्ति, समृद्धि र स्थायित्वको लागि बैज्ञानिक समाजवाद, दलाल सत्ताको चुनाव खारेज गरौ, एकीकृत जनक्रान्ति जिन्दावाद जस्ता नाराहरु लेखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।