७ बैशाख २०८१, शुक्रबार

नेकपा कपिलवस्तुद्वारा चुनाव खारेजको भित्तेलेखन अभियानलाई तीव्र

0

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कपिलवस्तुले चुनाव खारेजको प्रचारप्रसार स्वरूप भित्तेलेखन अभियानलाई तीव्र बनाएको छ । पार्टीको हालै सम्पन्न जिल्ला समितिको बैठकले आगामी संसदिय चुनाव विरुद्ध भित्तेलेखनसहित प्रचारप्रसार अभियानलाई तिव्र पार्ने निर्णय अन्तर्गत भित्तेलेखन शुरु गरिएको हो ।
मङ्सिर ४ गते हुने भनिएको चुनाव जनताका लागि कुनै पनि हितमा छैन भने जस्तै भएको छैन भन्दै नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेको कार्यनीति लिएपछि नेकपा कपिलवस्तुले भित्तेलेखन लगायतका प्रचारात्मक काम अगाडि बढाइरहेको छ ।
प्रचार अभियानको क्रममा शान्ति, समृद्धि र स्थायित्वको लागि वैज्ञानिक समाजवाद, दलाल सत्ताको चुनाव खारेज गरौ, एकीकृत जनक्रान्ति जिन्दावाद जस्ता नाराहरु लेखिएकाे कपिलवस्तु जिल्ला इन्चार्ज जुझारु सिले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।