
निरुता वि.क. कास्की ।
नेपाल कम्युनिस्ट पार्टी कास्कीले संघ र प्रदेशको संसदिय निर्वाचन सशक्त खारेजीको माग राख्दै निर्वाचन जनता र देशको पक्षमा नरहेको र अब जनताले व्यक्ति होइन व्यवस्था चुन्न पाउनु पर्ने भन्दै मशाल जुलुश प्रदर्शन गरेको छ ।
यो संसदिय निर्वाचन भनेको जनतालाई गुम्राहामा राखेर ठगिखानको लागी ठगहरुलाई अनुमति प्रदान गर्ने कार्यक्रम मात्र भएको राज्यको ठुलो वजेटको नोक्शान गरेर जनताकै कर महशुल भ्रष्टाचार गर्न षड्यन्त्रकारी झुण्ड तयारी मात्र भएकोले जनतालाई यो निर्वाचन सशक्त खारेज गर्न नेकपा कास्कीले आह्वान गरेको छ ।
साथै मशाल जुलुश प्रदर्शनको क्रममा पोखराबाट गिरफ्तार परेका सचिन सी र नेता दिनेश साप्कोटालाई तुरुन्त रिहाई गर्न राज्य संग माग गरेका छ । यदि रिहाई नगरेमा फरक कडम चाल्न वाध्य हुने नेकपा कास्कीले चुनौटी पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्