१३ बैशाख २०८१, बिहीबार

नेपालको अहिलेको राज्य विदेशी स्वार्थको रक्षाकवच मात्रै हो : प्रकाण्ड

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले अहिलेको नेपालको राज्यसता र यसका अवयवहरु विदेशी साम्राज्यवादी र दलालहरुको स्वार्थको रक्षाकवचमा बदिलिएको बताएका छन् । तीन कम्युनिस्ट पार्टीद्वारा काठमाडौँको शान्तिबाटिका बिहीबार आयोजित भण्डाफोर सभालाई सम्बोधन गर्ने क्रममा प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।
एमसीसी पास गरि सकेपछि अमरेकी स्वार्थलाई पूरा गर्ने एउटा टुल्सको रुपमा नेपालका दलहरूको गठबन्धन निर्माण हुन पुगेको र त्यसले मुलुकमा अझ संकट थपिन जानेतर्फ संकेत गर्दै प्रवक्ता प्रकाण्डले भने,-” नेपाल इतिहासमै अहिले सर्वाधिक खतरामा छ । यहाँको राज्य र संविधानको कारण यस्तो समस्या आएको हो । अहिलेको राज्यले नेपालका मजदुर, किसान बेरोजगार युवा र देशभक्त तथा हाम्रो माध्यम वर्गको प्रतिनिधित्व गर्दैन । यसले त साम्राज्यवादी डाकाहरुको मात्रै प्रतिनिधित्व गर्छ भन्ने कुरा प्रष्ट हुँदै गएको छ।”
यसरी मुलुक एकपछि अर्को राजनीतिक आर्थिक खतरा तिर मोडिदै जानु र यसबाट निकासका लागि नेपालमा पटकपटक आन्दोलन भएपनि क्रान्ति पूरा हुन नसकेको कारण औल्याउँदै उनले थपे,-“जनता र रास्ट्रको असली प्रतिनिधित्व गर्ने पार्टी र नेतृत्व नभएकाले नेपाली क्रान्तिले पुर्णतः प्राप्त गर्न सकेन । रुसमा कम्युनिस्ट पार्टी स्थापना भएको एक दशकभित्र समाजवादी क्रान्ति भएको थियो । चिनमा पनि कम्युनिस्ट पार्टी निर्माण भएपछि क्रान्ति विजय भयो । कोरिया, भियतनाम र क्युबामा पनि त्यस्तै भएको थियो तर नेपालमा सत्तरी वर्ष भन्दा बढी भयो पार्टी स्थापना भएको तर हामीले अझै सामन्तवाद र दलाल पुजिवादबाट मुक्त पाएनौँ । हामी जित्न सकेनौँ । यसको मुख्य कारण जनताको आफ्नै पार्टी र नेता जन्माउन सकिएन । हामीले नेपाली क्रान्तिका बिगतका धोका र असफलताबाट शिक्षा लिएर स्वाधीनताका लागि फेरि लड्नु पर्ने भएको छ ।” उनले थपे,-” देशको अर्थतन्त्र निकै खराब हुदै गएको स्थिति छ । अर्थतन्त्रका सुचकहरु नकारात्मक हुँदै गएका आकडाहरु सार्वजनिक हुदै गएका छन् । देश श्रीलंका हुन सक्छ भन्दै अर्थशास्त्रीहरुले विश्लेषण गरिरहेका छन् । निरपेक्ष गरिबी र महङ्गी आकाशिदै छ । एमसीसी पास गरेर देशलाई नवउपनिवेशमा परिणत गरिएको छ ।यसरी देशलाई बर्वादी गर्ने पार्टी र नेताहरूलाई फेरी मतदान गर्नु भनेको देशलाई थप बर्वादीको दिशातिर लैजान लाइसेन्स दिनु हो । सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता भ्रस्टाचार र कुशासन हाबी छ । जनताका लागि चुनाव आकाशमा बेल पाक्यो कागलाई हर्ष न बिस्मात जस्तो भएको छ ।”
मुलुकमा दिनप्रतिदिन राज्य र नागरिक बिच आपसी भरोसा टुट्दै गएको र विद्यमान पार्टी र तिनका नेताहरुले समकालीन समस्या र मुद्दालाई सम्बोधन गर्न नसक्ने स्थिति बन्दै गएको र यसको मुख्य कारण अहिलेको राज्यको संरचागत आधार नै दलाल भएको तथा यसलाई बदल्न र परिवर्तनको लागि जनतालाई सुसज्जित गर्न आफुहरुले खारेजको कार्यनीति लिएपछि राजयले दमन गरिरहेकोबारे प्रस्ट्याउदै प्रवक्ता प्रकाण्डले -तपाईहरुलाई भोट माग्ने अधिकार छ, भने हामीलाई भोट नहाल्नुहोस् भन्न पाउने अधिकार हुन्छ, हामीले जनतालाई यति भनेकै कारण राज्यले हामीमाथि दमन, धरपकड र गिरफ्तारी गर्न पाउँदैन तर हाम्रा नेता कार्यकर्ता र कलाकारहरु पक्राउ गर्ने काम भैरहेको छ । यदि तपाईहरु यसरी नै जाने हो भने जनताले तपाईहरुलाई पनि ठिक पार्ने छन् । हामीले अहिलेको व्यवस्था र वैज्ञानिक समाजवाद बिच जनमतको परिक्षण गर्न जनमत संग्रहको माग गरेका थियौँ । यि पार्टीहरुले किन नमानेको ? सहि र गलतको फैसला जनतालाई स्वतन्त्र रुपमा गर्न किन दिइएन ? यदि तपाईहरुसङ्ग जनमत र जनताको भरोशा हुन्थ्यो भने किन गठबन्धन बनाउनु पर्यो? भन्दै उनले प्रतिप्रश्न गरे ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।