१३ बैशाख २०८१, बिहीबार

अछामको मेल्लेखमा नेकपाको कोणसभा सम्पन्न

0

अछाम: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले मेल्लेख गाउँपालिकाको मेल्लेख बजारमा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । आशन्न निर्वाचनको औचित्य नरहेको भन्दै चुनावलाई खारेज गर्ने पार्टी नीति अनुसार प्रचारात्मक कार्यक्रम अन्तर्गत आज कोणसभा गरिएको हो ।
शुक्रबार भएको कोणसभा कार्यक्रमलाई नेकपा केन्द्रिय प्रतिनिधि सदस्य तथा युवा नेता निरक सीले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उनले भने,-“मङ्सिर ४ गते हुने भनिएको संसदिय चुनाव मुलुकमा बढ्दो क्रममा रहेको राष्ट्रघात, भ्रष्टाचार, बेरोजगारी र विकृति बढाउने पार्टी र तिनका नेताहरूलाई त्यस्तो गर्न लाइसेन्स दिनु जस्तै हो । हामीले त्यसको विरोध गरिरहेका छौँ । उनीहरु पुनः जनतालाई झुक्याउदै छन् । हामीले सचेत हुन जरुरी छ ।”

पार्टीको चुनाव खारेज अभियान अन्तर्गत अछाम पार्टीले यस अघि जिल्लाको जैगढबजारमा कोणसभा गरिसकेको र वालिङ, पोस्टरिङ लगाएतका प्रचारप्रसारका कामहरु गरिरहेको जानकारी नेता निरक सीले जानकारी दिएका छन् ।
यस्तै आजै नेकपा अछामले मेल्लेखका स्थानीय किसान दिनेश भुलको खेतबारीमा जनश्रम समेत गरेको छ ।मेल्लेखमा सप्पन्न कार्यक्रमलाई जिल्ला सदस्य एकेन्द्र सीले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।