१३ बैशाख २०८१, बिहीबार

भूकम्प प्रभावित परिवारलाई नेकपा डोटीद्वारा राहत वितरण

0

डोटी: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति डोटीले भूकम्पको कारण प्रभावित परिवारहरुलाई खाद्यान्न र लत्ताकपडासहित राहत वितरण गरेको छ ।

गत हप्ता भुकम्पको कारण जिल्लाको पुर्वीचौकी गाउँपालिकाको गैरागाउँमा ज्यान गुमाएका ६ जना, घाइते भएका ८ जना र अन्य धनमालको क्षति हुन गएका प्रभावित गरि १८ जना घरपरिवारलाई राहत वितरण गरिएको हो ।

शुक्रबार गरिएको राहत वितरणको क्रममा चामल, दाल, तेल सहित कम्बल ४० ओटा, धोती २५ ओटा, बच्चाहरूलाई चिसोबाट बच्ने लुगा २५ सेट, कुर्ता सुरुवाल २५ पिस र केहि जुता चप्पल वितरण गरिएको डोटी स्थित नेकपा डोटीका सेक्रेटरी बिमल सीले जानकारी दिएका छन् ।
भुकम्पको कारण प्रेम बोहरा, भगवती बोहरा, सिता बोहरा , हर्क बोहरा, धनसरी बोहरा र तुलसी बोहरा गरि ६ जनाको ज्यान जानेगरि भएको घटनामा नेकपा महासचिव विप्लवले बुधबार एक प्रेस विज्ञप्ती जारि गर्दै आफ्ना नेता कार्यकर्ताहरुलाई उद्दार र राहतमा जुट्न विशेष निर्देशन दिएका थिए भने शुक्रबार गरिएको राहत वितरणमा नेकपा पोलिट व्युरो सदस्य असल सी, केन्द्रिय प्रतिनिधि सदस्य किरण सी, जिल्ला सेक्रेटरी बिमल सी र युवा नेता प्रभास सीसहित नेताकार्यकर्ता सहभागी भई राहत वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।