२२ पुष २०८१, सोमबार

नेकपा दाङका नेता-कार्यकर्ता किसानको खेतमा धान काट्न व्यस्त

0

घोराही: नेपाल कम्युनिस्ट पार्टीले आसन्न मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई खारेज गर्ने कार्यनीति लिएको छ । पार्टीको चुनाव खारेजको कार्यनीतिलाई सशक्त बनाउन अतिबेला नेता- कार्यकर्याहरु देशभर चुनाव खारेजको अभियान लिएर अगाडि बढेका छन् ।

संसदीय दलका नेता-कार्यकर्ताहरु चुनावको प्रचारप्रसारमा देखिन्छन् भने नेकपा दाङका नेता-कार्यकर्ताहरु चुनाव खारेज अभियानसँगै किसानका खेतमा धान काट्न व्यस्त रहेका छन् ।

नेकपा घोराही नगर कमिटीका सेक्रेटरी महान सीले राजनीति मात्रै होइन्, बचेको समयलाई जनतासँगसँगै जनश्रममा जोडिएको बताए । उनले नेपाली जनताले हालसम्म कुनै पनि किसिमको अधिकार प्राप्त नगरेको र आफ्नो मौलिक अधिकार समेत प्राप्त गर्न नसक्ने अवस्थामा मतपत्र वा चुनावको सामग्री दुई महिना भित्रमा रोल्पा, सल्यान, हुम्ला, जुम्ला लगाएतका विकट ठाउँहरूमा पुग्न सक्ने तर बालबालिका, विद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्यका निम्ती पढ्नको लागि महिनौँ दिनसम्म किताब नपाउने अवस्थाले नै नेपालमा दलाल संसदीय व्यवस्था असफल भएको पुष्टि गरे ।

नेपालमा परिवर्तन गर्नका लागि र जनताको उन्मुक्तिका निम्ति जनतासँगसँगै क्रान्तिमा रहेको र संसदीय व्यवस्थाका मतियारहरु आफ्नो पाँच वर्षको लाईसेन्स नवीकरण गर्नका लागि घर दैलोमा जनताहरुलाई विभिन्न किसिमका झुठा भ्रमहरु फिजाएर जनताहरुलाई भ्रमित पारेको स्पष्ट पारे ।

आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई सशक्त राजनीतिक ढङ्गले खारेज गर्नका निम्ति जनताको साथमा यतिबेला धान काट्दै, श्रमदान गर्दै आफूहरू विभिन्न विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।