१५ बैशाख २०८१, शनिबार

नेकपा कपिलवस्तुले चुनाव खारेजी अभियानलाई निरन्तरता दिदै

0

नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु जिल्लामा निरन्तर पार्टीको योजनाअनुसार कथित रुपमा मंसिर ४ गतेको चुनाव खारेजी अभियानमा लागिरहेको छ । उक्त अभियान अन्तरगत जिल्लाको पश्चिम क्षेत्र शिवराज नगरपालिकाको शनिबारे बजार बानियाँभारको हाट बजारमा माइकिङसहित काेणसभा गरेर जनसमुदायलाई चुनावमा भाग नलिन आह्वान गरिएको छ । नगर इन्चार्ज, नगर सेक्रेटरी, केन्द्रीय सल्लाहकार सन्तोसी सी लगायतको उपस्थितिमा शनिबारे बजार बानियाँभारको हाट बजारमा मंसिर ४ गतेको को चुनाव खारेजी गर्न आम जनसमुदायलाई अपिल गरिएको हो ।

यो कथित साम्राज्यवादी दलालहरुको चुनावमा भ्रम नपर्न आम जनसमुदायलाई आग्रह गर्दै पार्टीको अपिल बाड्दै जनताको साथमा नेपाल कम्युनिष्ट निरन्तर अभियानमा भएको जिल्ला इन्चार्ज जुझारु सीले जानकारी दिए ।

यसैबीच शनिबार कपिलवस्तुको पूर्वी क्षेत्र मायादेवि गाउँपालिका र सुद्धधन गाउँपालिका इन्चार्ज गणेश सी र दिनेश सीलाई पगढीमा पार्टी सदस्यको घरमा छलफल गरिरहेको बेला प्रहरीले खानतलासी गरेको छ । पुलिसले खोज अनुसन्धान गरि पोस्टर,मोबाइल, झोलामा खानतलासी गरेको छ । यसैगरी भित्तेलेखनमा पनि प्रहरीले अवरोध गरेको छ । उक्त खानतलासी तथा कृयाकलापप्रति नेकपा कपिलवस्तुले घोर आपत्ति जनाएको छ । नेपाल कम्युनिष्ट आफ्नो मूल बाटोमा लागि रहेलो बेला कुनै पनि हर्कत नगर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।