६ बैशाख २०८१, बिहीबार

अबिलम्ब रिहा नगरे खारेज अभियानलाई सशक्त बनाउने नेकपा सिन्धुपाल्चोकको चेतावनी

0

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले शान्तिपूर्ण कार्यक्रमबाट गिरफ्तार गरिएका नेताकार्यकर्तालाई अबिलम्ब निसर्त रिहा नगरे प्रतिरोधात्मक ढंगले खारेजी अभियानलाई थप सशक्त बनाउने चेतावनी दिएको छ ।

नेकपाको जिल्ला इन्चार्ज आधार र जिल्ला सेक्रेटरी युगीनले आज एक प्रेस विज्ञप्ती जारी शान्तिपूर्ण रुपमा आफ्नो कुरा राख्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्ने गरि बाह्रबिसेमा पर्चा वितरण, भित्तेलेखन कार्यक्रमबाट गिरफ्तार भएका युवा संगठन नेपालका केन्द्रिय सदस्य एवम् पार्टीका जिल्ला सचिवालय सदस्य सुमन सी, पार्टीका जिल्ला सचिवालय सदस्य कम्युटर सि, अखिल (क्रान्तिकारी) जिल्ला संयोजक निर सि र नगर कमिटी सदस्य राजेन्द्र सीलाई अविलम्ब रिहा गर्न माग गर्दै यस्तो चेतावनी दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ,‘दलाल संसदीय व्यवस्थामा खराबी रहेको र यसको विकल्पको निम्ति वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने मागसहित शान्तिपूर्ण रुपमा जनतामा गैरहेको पार्टीलाई बन्देज लगाउन खोज्नु राज्यको कायरता हो । जबर्जस्त रुपमा शान्तिपूर्ण आवाजहरुलाई दबाउन खोजिए प्रतिरोधमा उत्रने र त्यसको जिम्मेवारी सिन्धुपाल्चोक प्रशासन र राज्यले लिनु पर्छ । शान्तिपूर्ण कार्यक्रमबाट गिरफ्तार गरिएका नेता९कार्यकर्तालाई अबिलम्ब निसर्त रिहा नगरे प्रतिरोधात्मक ढंगले खारेजी अभियानलाई थप सशक्त बनाउने यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।