१२ बैशाख २०८१, बुधबार

नेकपा काठमाडौँ महानगरले गर्यो चुनाव विरुद्ध घरदैलो

0

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काठमाडौँ अन्तर्गत महानगर कमिटीले मङ्सिर ४ गते हुने भनिएको संसदिय चुनाव विरुद्धको घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । घरदैलो कार्यक्रमको क्रममा आज काठमाडौँको पुरानो बानेश्वरदेखि गौशालासम्म कोणसभा र घरदैलो कार्यक्रम गरिएको नेकपा काठमाडौँका युवा नेता राज काफ्लेले जानकारी दिएका छन् ।
राष्ट्रघाती, भ्रष्टाचारी, एमसिसि पक्षधरहरुलाई बहिष्कार गरौं !आगामी मङ्सिर ४ गते हुने संसदिय चुनाव खारेज गरौँ!! भन्ने नारा सहित सम्पन्न भएको कार्यक्रमलाई नेकपा केन्द्रिय जनप्रतिनिधि समिती सदस्य प्रताप सीले सम्बोधन गरेका थिए भने कार्यक्रममा महानगरमा कार्यरत अन्य नेता कार्यकर्ता र जनताको सहभागिता समेत रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।