मंसिर ४ को कथित संघ र प्रदेशको निर्वाचनले माहोल तातेको छ । संसदबादी पार्टीहरुको लागी उत्सव वनेको छ । जनताको लागी यो चुनाव उज्यालो भविष्यलाई अन्धकार तिर धकेल्ने जनताले मुक्तिको लागी गरिएका सबै संघर्षलाई असफल वनाउने प्रक्रिया हो ।
दलालहरुको सत्ता र कुर्ची बचाउने उनिहरुको मालिकको कत्पुतलि बन्ने प्रक्रिया हो । ५/५ वर्षको चुनाव दलालहरुलाई पुनरजिवन दिने जसरी निभ्न थालेको बत्तिमा तेल थपेको जस्तै हो । भुमण्डलीकृत पुजिवादीहरुको ईशारामा गरिने हरेक चुनाव राष्ट्रिय स्वाधिन्ता, जनताको सु सासन जनताको पुर्ण अधिकारको विरुद्धमा छ ।
विचारविहित, सिद्धान्तविहित पार्टिहरु द्धारा गरिने चुनावले दलालहरुको ईशारामा गरिने चुनावले इतिहास देखि वर्तमान सम्म जनताको मुक्ति र स्वतन्त्रतालाई प्रतिनिधित्व गर्दैन । चुनावको वाहनामा श्रमिक जनतालाई झुठा आश्वासन प्रलोभन विकास र सम्वृद्धिको गुलिया नारा दिने, कुर्ची पद र पैसा प्राप्त गर्नै सत्ता र शक्तिको आडमा नागरिकहरुको न्यायपुर्ण आवाजगाई कुचल्ने प्रक्रिया निरन्तर चलिरहेको छ ।
एकातिर देशको स्वाधिनता गंम्भीर संकतमा छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी मा भएको भारतको हस्तक्षेप जलस्रोत सम्वन्धिका गलत सम्झौताहरु प्राकृतिक श्रोत र साधन माथीका एकतर्फि दोहन पछिल्लो समयमा हिन्द प्रसान्त रणनितिको अंगको रुपमा MCC र SPP जस्ता राष्ट्रघाति सम्झौताहरु जर्वजस्त लादिएका छन् । यसको विरुद्धमा सचेत नेपाली जनता विभिन्न संघसस्थाहरु पार्टीहरु यसको विरुद्धमा छन् ।
यसको विरुद्धमा खरो रुपमा उत्रिएको पार्टि नेपाल कम्युनिष्ट पार्टी हो । यसको विरुद्धको आन्दोलनमा हाम्रो पार्टीका नेता कार्यकर्तालाई धरपकड गिरफ्तार ग¥यो कयौ घाइते हुुनुभयो तर यिनै चुनावको नाटक गर्नेहरु यस प्रकारको जनघाती र राष्ट्रघाति सम्झौतामा लम्पसार परेका छन् । शाषकहरु जनता र राष्ट्रको विषयमा गम्भिर बन्नुको सत्ता उल्टै दमनमा उत्रिन्छन् ।
यो चुनावले जनताको आकांक्षालाई पुरा गर्छकी गर्दैन जनताका अधिकारलाई स्थापित गर्छ कि गर्दैन त्यो वहसको विषय अव रहेन किनकी त्यसको उत्तर विगत देखि वर्तमान हो । जनताको संकतको मुलकारण यो व्यवस्था यसका संचालक र चुनावका पक्षपाटीहरु हुन् । यो चुनावले राष्ट्रघात जनघात भ्रष्टाचार हत्या हिंसा लुटपाटलाई संरक्षण ग¥यो किनकी यो दलालहरुद्धारा उनिहरुकै ईशारामा भएको थियो अव फेरी हुदै छ ।
राजनैतिक पार्टिहरु पनि यो व्यवस्था र चुनावले राजनैतिक स्थिरता सम्भव छैन । भन्ने भ्रम त दिईरहेका छन । अझ नेपालका कथित कम्युनिष्टहरु जस्को आहवनमा हजारौको संख्यामा जिबनको वलिदान गरे घाईते अपाङ्ग भए अझै हजारौ वेपत्ता छन् तिनै कमरेडहरु करोडौ र अरवौ पैसा खर्च गर्दै आफ्नो नीति कार्यक्रम र एजेण्डालाई लत्याउँदै स्वार्थ मिल्नेसँग घाँटी जोड्दै गठवन्धन गर्ने जो डरलाग्दो षड्यन्त्र भईरहेको छ ।
यो जनविरोधी चुनावको उद्देश्य जनताको परिवर्तनकारी चाहनालाई रोक्नु कम्युनिस्ट आन्दोलनलाई रोक्नु समाजवादका लागि गरिने हरेक प्रयासहरु लाई असफल वनाउनु महँगी, भ्रष्ट्रार, राष्ट्रघात, जनघात, हत्या, हिंशा, वलात्कार, लुटपाट, चोरी, डकैती, तस्करी जस्ता अपराधिक कृयाकलापहरुलाई संरक्षण दिने त्यो भित्रवाट स्वार्थ सिद्ध गर्नु, भुमण्डलीकृत पुँजीवादीहरुको ईशारामा चल्ने कठपुतली सरकार निर्माण गर्नु, ती मार्फत जनतालाई शोषण गर्नु हो ।
यसमा एउटा भ्रष्ट्रताचारीको ठाउँमा अर्को भ्रष्ट्राचारी, एउटा राष्ट्रघातीको ठाउँमा अर्को राष्ट्रघाती, एउटा ठगको ठाउँमा अर्को ठग आउने हो । जो संग पैसा र शक्ति छ त्यही आउँछ, जो देश र जनताको लागि निरन्तर लड्यो त्यागी र समर्पित छ । जनताको हरेक दुःख र कष्टमा साथ दिन सक्छ, जस्ले हजारौ नेता र सहयोद्धाहरुलाई गुमाएको छ । जनाताको हरेक दुःख र कस्टमा साथ दिन सक्छ, जस्ले हजारौ नेता र सहयोद्धाहरुलाई गुमाएको छ ।
घाइते अपाङ्ग छ । कयौं योद्धाहरु वेपत्ता छन् । त्यस्ता व्यक्ति तिनका परिवारहरु आउँदैनन् किनकी यो व्यवस्था र चुनाव दलालहरुको हो । यसमा सहिदका आमाहरुले हार्छिन् । सहिदको जीवन सँगिनीहरुले हार्छन् । छोरा छोरी र आफन्तहरुले हार्छन् । दलालहरुले भनेको कागजको खोस्टोमा लेखिएको गणतन्त्र समानुपातिक समावेशी समेतिएको संविधान नेताहरुले आफ्ना छोरा छोरी आफन्त आसेपासेहरुलाई संरक्षण गर्नको लागी प्रयोग गरिदै छ ।
यो चुनावमा जनताले सक्षम प्रतिनिधि आफ्नो मताधिकारको प्रयोग गरेर चुन्ने भ्रमा मात्र हो । चुनाव अघि विकास समृद्धि स्वाधिनता समानता हुन्छ भनेर अफवाह फैलाउँछन् । जितिसके पछी राष्ट्रघात जनघात महँगी भ्रष्ट्राचार वन्दुक लिएर आउँछन् । त्यसकारण जव सम्म जनताहरुले दलाल संसदिय व्यवस्थाले थोपरिएका संकटलाई आफ्नै तागतमा श्रमजीवी वर्गको एकिकृत तागतद्धारा त्यसलाई परास्ट गर्दैनन् । आफ्नो वर्गिए व्यवस्था स्थापित गर्दैनन् यस्तै सोशन जालझेल र षड्यन्त्रका चक्रहरु दोहोरीने कुरामा कुनै संका छैन् ।
जनातले २००७ साल देखि हालसम्म आउँदा गरिएका संघर्षहरु न्याए मुक्ति र स्वतन्त्रताको लागी गरिएका प्रयासहरु असफल हुनुको कारण के हो ? सचेत नागरिकहरुले गम्भिरताकासाथ सोच्नु पर्दछ । आजको पुस्ताले देशको वास्तविका समस्याको चुरो कुरो पत्ता नलगाई दलालहरुले गरेका अपवाहको पछाडी दौड्नुले उनीहरको गलत आश्वासन पछाडी लाग्नाले देशको भविश्य डुवीरहेको छ । दलालहरु आफ्नो सत्ता र स्वार्थको लागी विभिन्न रुपमा अनेक तत्कण्डा अपनाउदै अगाडी वढीरहेका छन् । तर यस्ता हर्कतहरु घाम झै छर्लङ्गै छ ।
यसको विरुद्धमा नआउनु प्रतिवाद गर्ननसक्नु पनि गम्भिर समस्या हो । सदियौं देखी जनतालाई लुटखसोट गरेको कुरामा कसैलाई शंका छैन् । यो विषयमा सवैको सहमती नै छ तर चुनाव आउँछ भोट आल्छन् अरु दिन गाली गलौच विरोध गर्ने तर चुनावको दिन भोट हाल्न हामफाल्दैं जाने पनि गम्भिर समस्या हो । नेपाली जनता र हरेक पार्टी भित्रका ईमान्दार कार्यकर्ताहरुले दलहरुले चुनाव भन्दा अघी गरिएका प्रतिवद्धता र घोषणा पत्रमा लेखिएका विषय काति प्रतिशत लागु भयो ?
लागु भयो कि भएन भनेर मतदाताहरुले किन सोध्दैनन् ? ठुला ठुला भ्रष्ट्राचारको काण्डहरु स्थानिए देखि केन्द्र सम्म भएको भ्रष्ट्राचारको विषयमा राज्य किन वोल्दैन यि चुनाव गराउनेहरु के हेरेर वसेका छन् ? किनकि चुनाव गराउनेहरु नै भ्रष्ट्राचारी भए पछी यसको विरुद्धमा जाने त विषय नै भएन ? यो कुरा हरेक नागरिकहरुले वुझ्नु पर्दछ । आफ्नो देश संकटमा परेकोवेला वोल्न नसक्ने लड्न नसक्नेहरु चरम अवसरवादीहरु हुन् । तिनै मान्छे पार्टीमा आफ्नो स्वार्थ पुरा हुँदा पार्टी आन्दोलन, नेतृत्व सही भएको वकवास गर्छन् ।
जव अप्ठ्याराहरु आईलाग्छन् हजारौ घेरावन्दी हुन्छन् । त्यो वेला मैदान छोडेर भाग्छन् । क्रन्तिकारी पार्टी र नेतृत्वको विरुद्ध धारे हात लगाउँछन् । यस्ता गद्धारहरुलाई क्रन्तिकारी र श्रमिक जनताहरुले चिन्नु पर्दछ । यो प्रकृया कम्युनिस्ट पार्टी भित्र पनि देखा परेको छ । वाहिर पनि देखा परेको छ । रक्सी पैसा र वाइकमा पेट्रोल हालेको भरमा भोट दिने त्यो भोटले देशलाई लिलाम वनाउने लाईसेन्स प्राप्त गर्नछन् । त्यसकारण यो चुनावले नागरिकलाई सधै विदेशीको गुलाम वनाउने देशको स्वधिनता माथी हस्तक्षेप गर्ने भएकोले अवको विकल्प पैसा र शक्तिको आडमा गरिने चुनाव र त्यस मार्फत चुनिएका प्रतिनिधि होईन यो व्यवस्थाको विकल्प खोज्नु पर्दछ ।
चुनावको चर्चा गर्दै गर्दा या हरेक आन्दोलन र क्रन्तिमा युवाहरुको अहम भुमिका छ । युवाहरुको सहभागिताले राजनीतिक परिवर्तन भए । यद्यपी आज युवाहरुको भविश्य अन्धकार छ । राजनीतिक अस्थिरता र दलाल राज्यको गतिहिनताले समस्या विकराल वनदै गईरहेको छ । नेपालका शासकहरु आफ्नो स्वार्थ पुर्ति गर्न उपयोग गर्छन् जव स्वार्थ पुरा गर्छन् वेवास्ता गर्छन् । त्यसकारण नेपालका यूवा यूवतिहरु अनिश्चित भविश्यको यात्रा तय गरेका छन् । मानसिक र भौतिक रुपमा उनिहरु विकेन्द्रित छन् । यसको मुख्य दोष दलाल पुँजीवादी सत्ता र त्यसको विभेदकारी नीति हो । साथसाथै नेपालको राजनीतिक पार्टीहरुको अवसरवादी चरित्र ति पार्टीहरुका नेताहरुमा आउने विचलन हो ।
कुर्ची र पैसा नपाउँदा सम्म चर्का चर्का कुरा गर्ने जनता र कार्यकर्तालाई गलत आश्वासन दिने जव शक्ति आर्जन गर्छन् सरकारमा पुग्छन् । पैसा भ्रष्ट्राचार गरेर कमाउँछन् अनि आफुलाई त्यो स्थानमा पुर्याउने युवा र जनतालाई अलपत्र पार्छन् । यो प्रकारको गलत पद्धतिले नेपाली जनता र युवाहरुले असफलता व्यहोर्नु परेको छ । हरेक पार्टीले यूवाहरुलाई भ्रम पार्नको लागी गाँस वाँस कपास शिक्षा स्वास्थ्य रोजगारको विषयमा कुरा गर्दछन् । अझ नेपालका नक्कली कम्युनिस्टहरुले यसको वढी चर्चा गरेर प्रलोभनमा पार्दछन् ।
नेपालको कुनै त्यस्तो पार्टी छैन तिनी पार्टीका नेता र कार्यकर्ताको अपिलमा युवाहरुले वलिदान नगरेको, घाईते र अपाङ्ग नभएको, वेपत्ता जृेलनेल नखाएको तर कुनै पनि पार्टीले त्याग तपस्या र वलिदान गर्ने योद्धालाई सम्मान गरेको भविश्यको विषयमा सोंचेको देखिदैन । आज हरेक क्षेत्रमा युवाहरु अक्रमन्यतामा परेका छन् । झुपडि, सडक गल्लीहरुमा स्वदेश तथा विदेशमा सवै स्थानहरुमा युवाहरु नै विचलित भएका छन् । राजनीतिक दल, संघ संस्था मेनपावर आदीमा आफ्नो जीवनको वर्वादी भईरहेको छ ।
यूवाहरु वेरोजगार हुनुको कारणले गर्दा दलालहरुवाट ठगिनु पर्ने, कम्पनीहरुवाट श्रमको सोशन तथा विदेशमै मृत्यु भएर सम्पुर्ण सपनाकै अन्त हुनु विदेशी जेलहरुमा आजीवन वन्दी हुनुपर्ने जस्ता समस्या सामान्य चलेको चलन जस्तो वन्न पुगेको छ । त्यसैले युवाहरु चौतर्फी संकटको घेरामा छन् । यसको विरुद्धमा विद्रोह गर्नुपर्दछ । नेपालका युवाहरु ७० वर्ष देखि राष्ट्रिय स्वाधिनता । जनताको मुक्ति र स्वतन्त्रताको लागी लडीरहेका छन् । विषेश गरेर कम्युनिस्ट पार्टी र क्रन्तिकारी शक्तिहरु लडिरहेका छन् ।
नेपाली जनताको मुक्तीको संघर्ष, कम्युनिस्ट आन्दोलन, समाजवादी व्यवस्थालाई रोक्न भुमण्डलीकृत पुँजीवादका झुठो पिरो खाने दलाल सत्ताका विरुद्ध लडिरहेका छन् । आन्तरिकरुपले नक्कली क्रन्तिकारी ढोंगीहरुको विरुद्ध हजारौ युवाहरको उज्ज्वल भविश्यको लागी लडिरहेको छ । अर्कोतिर केही युवाहरु जानअन्जान दलालहरुको पछाडी लाग्ने र आफ्नो भविष्य वर्वाद वनाईरहेका छन् । जाँड रक्सी खाने जुवा तास खेल्ने, गुण्डागर्दी वेश्यावृत्ति तथा लागु औषध दुव्र्यसनीमा समेत लागेका छन् । हत्या हिंशा र अपराधिक कृयाकलापमा पनि संलग्न छन् ।
यि सवै कसरी भए भन्दा राज्यको उचित नीति व्यवस्था नभएको कारण वेरोजगार युवा युवतीहरु चेतनाको अभावमा विग्रिन वाध्य छन् । दलाल राज्य सत्ता, भुमण्डलीकृत विश्व पुँजीवादीहरु, वाईवल लागुऔषध वोकेर आईरहेका छन र यसरी नै विग्रिएको हेर्न चाहान्छन् । यसकारण नेपालका युवा युवतीहरु हामी र हाम्र्रो देशलाई अन्धकारवाट जोगाउन, दलाल सत्ताको विरुद्ध लड्नको लागी एकिकृत जनक्रान्तिमा आवद्ध हुन आवश्यक छ ।
किन के कारणले गर्दा हाम्रो आन्दोलन क्रान्ति असफल भयो ? जनताले किन मुक्ति पाएनन् ? देश स्वाधिन वन्न सकेन त्यसैले अन्तिम लडाइको लागी तयार हुन जरुरी छ । आजको परिस्थिति अनुसार विचार राजनीति शिद्धान्तको विकास गर्नु छ । संगठन, आर्थिक प्रणली, अवरोधहरुमाथी विजयको लागि पुरानो अनुभवको सही प्रयोग गर्दै नयाँ खोज अनुशन्धान गर्दै अगाडी वढ्न आवश्यक छ ।
कसैको भ्रम, डर, धम्की पछाडी नलागेर जनताको मुक्ति र स्वतन्त्रताको लागी एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादको सुनौलो मार्गवाट मात्र हाम्रो विजय सम्भव छ । लामो यात्रामा कयौं कठिनाईहरु अवश्य होलान हामिले अनगिन्ती र अनपेक्षित मुल्य चुकाउनु पर्ने अवश्य होला तर लामो विजयको यात्रालाई कसैले रोक्न सक्दैन हाम्रो विजय सुनिश्चित छ ।