७ बैशाख २०८१, शुक्रबार

काभ्रे नयाँगाउँका ३२ घरको टोलले निर्वाचन खारेज गरे

0

काभ्रे जिल्लाको नयाँगाउँका ३२ घर भएको टोलले मंसिर ४ गतेको संघ र प्रदेशको कथित निर्वाचन पूर्ण रुपले खारेज गरेको छ । जनयुद्धका सहिद गुम्बासिं तामाङ्गकी आमा ठूलिमाया तामाङ्ग लगायत ३२ घरले एउटा सिर्जनशील कार्यमा सचेत रुपमा सहभागी भइ उक्त निर्वाचन खारेज गरेका हुन् । यही साता नयाँगाउँ जनकम्युन्को धानबाली भित्र्याएकै स्थानमा पिकनिक साथै सभा गरेर सचेत रुपमा बिना दवाफ निर्वाचन खारेजीको अभियान सफल तुल्याएर नमूना टोल घोषणा समेत गरेका छन् । ऐतिहासिक थवाङ्गको स्परिट पकड्दै सृजनशील नयाँ औलिक आयामहरु थप्दै गएका छन् । एकिकृत जनक्रान्तिको वैचारिक /राजनीतिक लाईनमा दृढ रहदै उत्पादनमा आत्मनिर्भरता र संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादको व्यवहारिक र जीवनस्जील अभ्यास समेत गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।