१४ बैशाख २०८१, शुक्रबार

नेकपा रुकुमद्वारा निर्वाचन खारेजका क्रममा गिरफ्तार भएकालाई यथाशीघ्र रिहाई गर्न माग

0

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले कथित निर्वाचन खारेज अभियानका क्रममा आज गिरफ्तार भएका अखिल (क्रान्तिकारी )का केन्द्रीय सचिवालय सदस्य हरि पुन, युवा संगठन नेपाल रुकुम (पश्चिम) का जिल्ला अध्यक्ष महेश बस्नेत, अखिल (क्रान्तिकारी) जिल्ला सम्मेलन आयाेजक समितिका सदस्य राकेश विश्वकर्मा लगायतलाई यथाशीघ्र रिहाई गर्न जाेडदार माग गरेको छ ।

पार्टीका जिल्ला सचिव चन्द्र सि ले आज एक प्रेस विज्ञप्ति जारी गरि गिरफ्तार पर्नु भएका सबैलाई यथाशीघ्र रिहाई नगरे आउने परिणामकाे सम्पूर्ण जिम्मेवारी बाेक्न र भाेग्न तयार रहन समेत सरकारलाई चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,’दलाल पुँजिवादी संसदीय व्यवस्थाले जवरजस्त रुपमा नेपाली जनतामा लादेकाे नाैटंकि निर्वाचनमा मतदान नगरि इतिहासमै सबैभन्दा न्यून सहभागिता जनाएर पार्टीको निर्वाचन खारेज अभियानलाई पूर्ण र ऐतिहासिक रुपमा सफल बनाउन भूमिका खेल्ने न्यायप्रेमी रुकुमेली जनताहरुलाई हाम्रो पार्टी, नेपाल कम्युनिस्ट पार्टी रुकुम जिल्ला समिति हार्दिक धन्यवाद प्रकट गर्दछ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।