११ बैशाख २०८१, मंगलवार

आमा आशिका देवी चन्दको शिवगढीमा श्रद्धाञ्जलीसहित अन्त्येष्टि

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सि का ममतामयी आमा आशिका देवी चन्दको आज कपिलवस्तुको शिवगढीमा श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिएको छ ।

महासचिव विप्लवले ममतामयी आमालाई फुलमाला र अविरले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
पार्टीका नेताकार्यकर्ता, घरपरिवार, आफन्त र स्थानीयको बाक्लो उपस्थितिले आमा आशिका देवी चन्दलाई श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली पश्चात् अन्त्येष्टि गरिएको छ ।

यसैबीच परम्परागत संस्कारको विकल्पमा जनसंस्कार र जनसंस्कृतिको अवलम्बन गर्ने पार्टीको नीति बमोजिम आजको दाहसंस्कारसहित ५ औं दिनसम्म शिवगढीमा निम्न अनुसारका कार्यक्रम तय गरिएको छ ।

दोश्रो दिन १९ गते आमाको सम्झनामा बृक्षारोपण,
तेस्रो दिन २० गते बृद्ध आमाबुबालाई न्यानो कपडा वितरण, चौथो दिन २१ गते शोक सभा कार्यक्रम गरिने भएको छ ।  बुवा विनाराम घर्ती र आमा सुनसरी घर्तीकाे काेखबाट वि. सं. १९८६/१/२१ गते जन्मिनु भएकी आशिका देवीको पति चित्र बहादुर चन्दसँग विवाह भएको थियो ।
आशिकादेवीको ३ छोराहरु विप्लव सी, वीरजंग सी र जयन्द्र सी र छाेरी तुलसा चन्द, लक्ष्मी चन्द र देवा चन्द हुन् । जेठा छाेरा वीरजंग सि को गतवर्ष लामाे समय जेल जीवनपश्चात् निधन भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।