६ बैशाख २०८१, बिहीबार

राष्ट्रिय वामपन्थी मञ्चद्वारा आशिकाको योगदानको उच्च सम्मान गर्दै श्रद्धाञ्जली

0

काठमाडौँ: राष्ट्रिय वामपन्थी मञ्च नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव कि आमा आशिका देवी चन्दले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानप्रति उच्च सम्मान गर्दै शनिबार हुन गएको उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
मञ्चका अध्यक्ष दीर्घराज पाण्डेद्वारा हस्ताक्षरित शोक वक्तव्यमार्फत ९६ वर्षिय आमा आशिका देवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव विप्लव र उहाँको परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गरेको हो ।

राष्ट्रिय वामपन्थी मञ्च नेपालद्वारा आज जारी शोक वक्तव्यमा भनिएको छ, “आफ्ना सम्पूर्ण सन्ततीहरुलाई राष्ट्र र जनताका निम्ति लाग्न आफ्नो जीवनको अन्तिमसम्म प्रेरणा दिइरहनु हुने दिवङ्गत आमा आशिका देवी चन्दको निधनप्रति राष्ट्रिय वामपन्थी मञ्च स-सम्मान श्रद्धाञ्जली अर्पण गर्दछ । अभिभावक गुमाउँदाको सर्वाधिक पिडाको क्षणमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, उहाँको परिवार र आफन्तहरुमा समवेदना प्रकट गर्दछौँ ।”
वक्तव्यमा अगाडि भनिएको छ, -“आमा आशिका देवी चन्दले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानप्रति राष्ट्रिय वामपन्थी मञ्च नेपाल उच्च सम्मान गर्दछ ।
कपिलवस्तु स्थित आफ्नै निवासमा शनिबार बिहान ९ बजे निधन हुनु भएकी आशिका चन्दको महासचिव विप्लव, छोरा जयन्द्र लगाएत नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता र स्थानीय जनताको सहभागितामा आज अन्त्येष्टि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।