१५ चैत्र २०८०, बिहीबार

पाेखरा विश्वविद्यालयको सम्बन्धन प्रक्रिया र आर्थिक चलखेल बन्द गर्न अखिल (क्रान्तिकारी) को चेतावनी

0

अखिल (क्रान्तिकारी) पाेखरा विश्वविद्यालय समितिले पाेखरा विश्वविद्यालयमा गलत नियतबाट आएको सम्बन्धन प्रक्रियालाई खारेज गर्न र आर्थिक चलखेल बन्द गर्न चेतावनी दिएको छ ।
अखिल (क्रान्तिकारी) पाेखरा विश्वविद्यालय समितिका इन्चार्ज तारा सञ्ज्यालले आज एक प्रेस विज्ञप्ति जारी गरि यस्तो चेतावनी दिएकी छिन् ।
विद्यार्थीका हकहित, अधिकार र समस्याको विषयमा बोल्नुको साटो हरेक ठाउँमा आर्थिक बार्गेनिङ गर्ने विद्यार्थी संगठनहरु र तिनका नेताकार्यकर्ताहरुलाई अध्ययनरत विद्यार्थीहरुले बहिष्कार गर्न समेत आग्रह गरेकी छिन् ।

विज्ञप्तिमा भनिएको छ,’अहिले संचालनमा आइरहेका पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त केही क्याम्पसहरुमा समेत प्रयाप्त विद्यार्थी संख्या नभएको बेला कमिसनको खेलको चक्करमा खोलिएको आवेदन अहिले पनि अल्झिरहेको देखिन्छ । केही दिन अगाडि मात्र केही कथित विद्यार्थी संगठन नामधारी कमिसन खोरहरुले सम्बन्धन प्रक्रियामा मोटो रकमको बार्गेनिङ भएको बाहिरीएको छ । उक्त समाचारप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिकाे पूरा पाठ-

हाम्रो गौरवशाली संगठन स्थापनाकालदेखि नै निरन्तर राष्ट्र, राष्ट्रियता, जनता, युवा, विद्यार्थी मजदुर, किसान, महिलाहरु लगायतका पक्षमा र भ्रष्टाचार, हत्या, हिंसा अनियमितता, कालोबजारी, महङ्गी, राष्ट्रघातका विरुद्ध सडक बाघको रूपमा संघर्ष गर्दै आएको कुरा जगजाहेर नै छ ।
यसै सन्दर्भमा पोखरा विश्वविद्यालयले २०७९/०५/३० गते नयाँ तथा थप विषयको सम्बन्धन आवेदनको निम्ति सूचना प्रकाशन गरिएको थियो ।
अहिले संचालनमा आइरहेका पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त केही क्याम्पसहरुमा समेत प्रयाप्त विद्यार्थी संख्या नभएको बेला कमिसनको खेलको चक्करमा खोलिएको आवेदन अहिले पनि अल्झिरहेको देखिन्छ । केही दिन अगाडि मात्र केही कथित विद्यार्थी संगठन नामधारी कमिसन खोरहरुले सम्बन्धन प्रक्रियामा मोटो रकमको बार्गेनिङ भएको बाहिरीएको छ ।
उक्त समाचारप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
विद्यार्थीका हकहित, अधिकार र समस्याको विषयमा बोल्नुको साटो हरेक ठाउँमा आर्थिक बार्गेनिङ गर्ने विद्यार्थी संगठनहरु र तिनका नेताकार्यकर्ताहरुलाई अध्ययनरत विद्यार्थीहरुले बहिष्कार गर्न समेत आग्रह गर्दछौँ।
त्यसकारण उक्त गलत नियतबाट आएको सम्बन्धन प्रक्रियालाई खारेज गर्न र आर्थिक चलखेल बन्द गर्न हाम्रो संगठन चेतावनी दिन चाहन्छ ।
विश्वविद्यालय गरिने गलत निर्णयका विरुद्ध हाम्रो संगठनका सदैब धावा बोल्ने छ।
यस किसिमका गलत क्रियाकलाप तुरुन्त रोक्नका लागि खबरदारी गर्दछ । अन्यथा हाम्रो संगठन विभिन्न संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।