१३ बैशाख २०८१, बिहीबार

अध्यादेश राेक्ने षड्यन्त्रविरुद्ध सल्यानमा नेकपाकाे अन्तरक्रिया

0

सल्यान: नेपाल कम्युनिस्ट पार्टी सल्यानले एक राजनीतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हालै नेपाल सरकारले ल्याएको मुलुकि फाैजदारी कार्यविधि संहिता २०७४ काे दफा ११६ काे उपदफा थप्ने भनेर ल्याइएको अध्यादेश राेक्ने षड्यन्त्र भएको भन्दै नेकपाले जिल्लामा साे अन्तरक्रिया कार्यक्रम गरेको हाे। पार्टीको केन्द्रद्वारा हालै निर्धारण गरिएका संघर्ष कार्यक्रम अन्तरगत गरिएको साे अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ताकाे रुपमा बाेल्दै पार्टीका केन्द्रीय सदस्य सविन सीले विदेशीका एजेण्टहरुले साे अध्यादेशकाे विराेध गरेको बताए । आफ्नो पार्टी र नेपाल सरकारबिच २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमति अनुसार झुट्टामुद्दामा जेल हिरासतमा रहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु छुटाउनका साथै पार्टीका नेता र कार्यकर्ताहरुलाई लगाइएका झुट्टामुद्दाहरु फिर्ता लिन सरकारले साे अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले अध्यादेश राेक्न नहुने उनलेे बताए । सरकारले गलत नियतवस आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अहिले पनि २६ सय भन्दा बढि झुट्टामुद्दा लगाएकाे र ३८ जना नेता र कार्यकर्ताहरुलाई जेल हिरासतमा थुनि राखेको भन्दै सरकारकाे यस्तै दमनात्मक नीति रहिरहे संचित विद्रोह विस्फोट हुनसक्ने बताए ।
कार्यक्रममा बाेल्दै अर्को एक प्रसंगमा सविन सीले दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे महिलादिन अगाडि भएको भनिएको कथित निर्वाचनबाट देखिएको परिणामले साे व्यवस्था थप संकटमा पर्दै गएको पुष्टि भएको बताए ।
अन्तरक्रिया कार्यक्रममा सहजिकरण मन्तव्य दिदै साे पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड भीम सीले देशमा दिनदहाडै विदेशी हस्तक्षेप हुँदा र विदेशी नागरिक समेत आएर निर्वाचन लडदासम्म चुइक्क बाेल्न नसक्ने केही राजनीतिक पात्रहरुले साे अध्यादेशकाे विरोध गर्नुले उनिहरु देशको लागि राजनीति गर्छन कि विदेशीकाे लागि भनेर प्रश्न गरे।
अन्तरक्रिया कार्यक्रममा बाेल्ने अरु बक्ताहरुले राज्यले आफुले गरेका सहमति र सम्झौताहरु जिम्मेवार भएर कार्यन्वयन गर्नुपर्ने हाेइन भने राज्य र सरकारप्रति विस्वसनियता घट्ने,राज्यले नागरिकहरुलाई फरक व्यवहार गर्दा विद्रोह संगठित हुने, कसैले विराेध गर्दैमा राज्य आफ्नो दायित्वबाट पन्छिन नहुने, संविधान पनि परिवर्तनिय हुने भएकोले काम गर्न सजिलोकाे लागि अध्यादेश आवश्यक पर्न, २१ महिनासम्म सरकारद्वारा ३ बुँदे सहमति लागू नहुन दु:खद भएको लगायत धारणा व्यक्त गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सदस्य मान बहादुर मल्ल ‘संघर्ष’, मानव अधिकारकर्मि तथा नागरिक समाजका अगुवा रामचन्द्र रेग्मी, जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य खकेन्द्र के.सि., गैह्रसरकारि संस्था महासंघ नेपाल सल्यानका अध्यक्ष दिपेन्द्र शाही,पत्रकार पुरषाेत्तम गिरि लगायतले आफ्ना अन्तरक्रियात्मक धारणा व्यक्त गरेका थिए।
कार्यक्रम पार्टीका जिल्ला सचिव कमरेड मदन सीकाे अध्यक्षतामा भएको थियो भने युवा संगठन नेपालका केन्द्रीय सदस्य कमरेड प्रकाश सीले संचालन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।