१२ बैशाख २०८१, बुधबार

अध्यादेश ल्याएर होस् या नल्याएर होस् तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्छ : शितल

0

घोराही: नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य शीतले सीले अध्यादेश ल्याएर होस् या नल्याएर होस् राज्य र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन् । उनले यदि यो तीन बुँदे सहमति कार्यान्वयन हुँदैन भने आफूहरु चरणबद्ध ढंगले संघर्षका आन्दोलनहरु अगाडि बढाउने बताए । नेपाल कम्युनिस्ट पार्टी दाङले आइतबार घोराहीमा आयोजना गरेको नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयन र मुलुकी फौजदारी संहिता पहिलो संशोधन अध्यादेश २०७९ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पार्टीका पिबिएम शीतले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिको कार्यान्वयन प्रक्रिया अध्यादेशमार्फत होस् या अन्य कुनै ढंगले होस् त्यो तीन बुँदे सहमतिको प्रक्रिया अगाडि नबढे आफूहरुले आन्दोलनको आँधिबेरीको सृष्टि गर्ने समेत उद्घोष गरे । ‘अध्यादेशबाट गरोस् या सहमतिको आधारमा गरोस् हाम्रो मुद्धा खारेज हुनुपर्छ, ’ उनले भने ‘ यो गर्नुपर्छ, हाम्रो पूर्ण दवाव छ । तीन बुँदे सहमतिको कार्यान्वयन हुनुप¥यो । हाम्रा जेलमा भएका बन्दी साथीहरुलाई छोड्नुप¥यो । हाम्रा नाममा भएका विभिन्न प्रकारका झुट्टा मुद्धाहरु खारेज हुनुप¥यो ।’
सरकारले एउटा पक्षले अध्यादेश ल्याएको जस्तो र अर्का पक्षले अस्वीकृत गरेको जस्तो र समग्रमा यो पुँजीवादी राज्य सत्ताले उत्पीडित वर्गको दियो बाल्न दिने पक्षमा छैन् । यो दियो बाल्ने पक्षमा हामी छौं । उत्पीडित वर्गको जब दियो बल्ने छ, पुँजीवादी राज्यसत्ता खरानी हुनेछ । खरानी हुनुपर्ने छ । यदि भएन भने कुनैपनि नेपाली नागरिक न्यायपूर्ण ढंगले बस्न र बाच्न पाउने स्थिति यो राज्यबाट हुने छैन् । तर, यदि हाम्रा जेलमा भएका बन्दी साथीहरु रिहाइ भएन र हामीमाथि लगाइएका सबै झुट्टा मुद्धाहरु खारेज भएनन् भने हामी आन्दोलनको आँधीबेरी सृष्टि गछौं नेता शीतले भने ।

कार्यक्रमा बोल्दै प्रेस सेनानीका सुशील गौतमले सबैभन्दा राजनीतिक उद्देश्यले प्रेरित कुनै आन्दोलन थियो भने त्यो नेपाल कम्युनिस्ट पार्टीको भएको बताए । उनले त्यसमा पनि नेपाल कम्युनिस्ट पार्टीप्रति सहमति र असहमति हुनसक्ने तर राजनीतिक आन्दोलनमा असमति हुन नसक्नेमा जोड दिए । सरकारले अध्यादेश जारी नहुने अवस्थामा पनि अध्यादेश ल्याएर तीन बुँदै सहमतिलाई थप बिथोल्ने काम गरेको भन्दैै उनले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति तत्काल कार्यान्वय हुनुपर्ने बताए ।

त्यसैगरी प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष रामप्रसाद जैसीले राजनीतिक निर्णय गर्ने दिनहरुको कुनै सीमा नहुने बताए । ‘त्यो जुन दिन र जुन रातपनि हुन्छ सक्छ,’ उनले भने‘ त्यो हिजो पनि भको हो । आजपनि हुन्छ र भोलिपनि हुन्छ । त्यसकारण राजनीतिक मुद्धाहरु सकिने दिन हुँदैन् । नयाँ–नयाँ राजनीतिक मुद्धाहरु आउँदै गर्छन् । तर, सबैभन्दा राम्रो र उत्तम कुरा के हो भने जतिबेला सम्झौता हुन्छ, त्यतिबेला नै इमान्दारीता देखिनुपर्छ । इमान्दारीता कार्यान्वयन गर्ने पक्षमा हुनुपर्छ ।’

दाङ जिल्ला उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नारायण भुषालले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच जतिबेला तीन बुँदे सहमति भयो त्यतिबेला नै सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले यति लामो समयसम्म अध्यादेश नल्याउले तर गठबन्धन टिकाउनका लागि ल्याइएको अध्यादेश राज्यका लागि दुर्भाग्य भएको र भोलिका दिनमा एउटा नजिर खडा हुनेमा जोड दिए । राज्यले विभिन्न खालका मुद्धाहरुलाई एउटै डालोमा राखेर जसरी अध्यादेश ल्याएको छ, तर त्यो वास्तवमा गलत भएको र फरक–फरक मुद्धाका आधारमा अध्यादेश हुनुपर्ने उनको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप सीले कार्यक्रमको बारे विषय प्रवेश गराएका थिए ।
कार्यक्रममा पार्टीका सल्लाहकार बंशीधर आचार्य, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी लगायत बोलेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका सेक्रेटरी जनक सीको अध्यक्षता एवं पार्टीका पिबिएम शीतल सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमभएको थियो । कार्यक्रमका सहजीकरण जनवर्गिय संगठनका समन्वय संयोजक रुद्र सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।