१३ बैशाख २०८१, बिहीबार

नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीको संयाेजकमा भक्त नारायण श्रेष्ठ

0

नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीको यही १७ डिसेम्बर शनिबारका दिन आयोजना गरेको भेलाले भक्त नारायण श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ । उक्त भेलामा नेपाली जनप्रगतीशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेल र उपाध्यक्ष बदन योङ्हाङ, बेल्जियम मोर्चाका उपाध्यक्ष शेरबहादुर छन्त्याल, पोर्तुगल मोर्चाका अध्यक्ष पूर्णबहादुर विश्वकर्मा र अमेरिका मोर्चाका महासचिव दिपक लामिछानेले शुभकामना मन्तव्य राखेका थिए ।

भेलालाई सम्बाेधन गर्दै यूरोप मोर्चाका अध्यक्ष बिष्णु भुजेलले नेपालमा दलाल पुंजीवादी संसदीय व्यवस्थाले चौतर्फी संकट सिर्जना गरेको र जनताको जनजीवन संकटमय बनेकाले यसमा सुधार मात्र गरेर नपुग्ने भन्दै आमूल परिवर्तन नै गर्न जरुरी रहेको बताए । त्यसैले नेकपाले एकिक्रित जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नको लागि गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्न यो मोर्चा सफल रहनेछ भन्ने शुभकामना दिएका थिए ।

नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीले आयोजना गरेको भेलाको संचालन भक्त नारायण श्रेठले गरेका थिए । भेलामा उपस्थित मोर्चाका सदस्यहरुले संगठनको हकहितको लागि हरेक गतिविधिमा संलग्न रही एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । मोर्चाको अधिवेशन आयोजक समितिको संयोजकमा भक्त नारायण श्रेष्ठ र सदस्यहरुमा गंगालाल श्रेष्ठ, रामदाश श्रेष्ठ, किरण श्रेष्ठ, रिकेश सेन्चुरी, भिमबहादुर सुनुवार, कविता विश्वकर्मा, निशान रावल, मनिष नेपाली र पुजा मगर रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।