८ बैशाख २०८१, शनिबार

इलाममा शहिद स्मृति समाज घर निर्माणको लागि चार लाख बराबरको जग्गादान

0

इलाम: शहिद स्मृति समाज घर निर्माणको निम्ति इलाम जिल्ला फाकफोकथुम गाउँपालिकामा स्थानिय समाजसेवी दल बहादुर बस्नेतले जग्गा दिएका छन् । चलनचल्तिको हिसाबमा चार लाख बराबरको उक्त जग्गा नेपाल कम्युनिस्ट पार्टी संरक्षक रहने गरि दुई रोपनी जग्गा दिएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी इलामले माग गरेपछि उनले उक्त जग्गा दिने सर्तनामा कागज गरिदिएका छन् । पार्टीको जिल्ला सचिवालय सदस्य गोपी सी को उपस्थितिमा उक्त सर्तनामा कागज भएको हो । तीनकोठे आवास, एक शौचालय र एउटा सभाहल निर्माण गर्ने तयारी रहेको नेपाल कम्युनिस्ट पार्टी इलामका इन्चार्ज सुमनसिंह सी ले बताएका छन् ।
उक्त निर्माण कार्य एक वर्षमा पूरा गरिसक्ने योजना रहेको र कामको उद्घाटन आगामी फागुन १४ देखि २१ भित्र शहिद सप्ताहको अवसर पारेर गर्ने सुमनसिंहले बताए । उनका अनुसार सबै संघ/ संस्था र सहयोगीहरुको सहयोग र पार्टीको सिंगो कमिटि र जनताको श्रममा उक्त काम सम्पन्न गर्ने योजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।