११ श्रावण २०८१, शनिबार

अखिल क्रान्तिकारीको २५औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पदम सी निर्बाचित

0

 बुटवल ,  नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको जिल्ला अध्यक्षमा पदम सी निर्वाचित भएका छन् । पराजुलीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको हो । निर्वाचित उपाध्यक्षमा नयन सी, सचिव प्रसुन सी, सहसचिव माधव सी र कोषाध्यक्षमा प्रति सी रहेका छन् । रुपन्देहीको सैनामैनास्थित मुर्गियामा सम्पन्न सम्मेलनले नयाँ जिल्ला संगठन समिति निर्वाचित गरेको हो ।

सम्मेलनको अवसरमा नेकपा पोलिटब्युरो सदस्य कृति सीले वैज्ञानिक समाजवादी प्रणाली लागु नहुँदासम्म विद्यार्थीहरुको हकअधिकार सुनिश्चित नहुने भन्दै समाजवादी शिक्षा प्रणाली लागु गर्नका लागी विद्यार्थीहरुले संघर्ष गर्नुपर्ने बताए । उनले शैक्षिक क्षेत्रमा देखिएको माफियाकरण वा विसंगति विरुद्ध अखिल क्रान्तिकारीले संघर्षको अग्रमोर्चाको नेतृत्व गर्नुपर्ने बताउदै यसका लागी पार्टीले सदैव साथदिने बताए । अर्का पोलिटब्युरो सदस्य प्रज्वलन सीले अखिल क्रान्तिकारी सडक बाघको रुपमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएको इतिहास भएको बताउदै शैक्षिक क्षेत्रमा भएका बेथिति हटाउन विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताए ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सीले शैक्षिक क्षेत्रमा देखिएको खराब प्रवृत्तिका विरुद्ध संगठनले संघर्षको नेतृत्व गरेको भन्दै विभिन्न कारणले संगठनबाट पलायन भएका कमरेडहरु संगठनमा फर्किनुपर्ने र नयाँ उर्जाशील युवा विद्यार्थीहरु संगठनको मूलधारमा संगठित हुन अपिल गरे । उनले शैक्षिक माफिया र दलालहरु विरुद्ध सम्झौताहिन संघर्ष गर्ने बताउदै राजनीतिक तथा संगठनात्मक अराजकताविरुद्ध समेत संगठनले निर्मम संघर्ष गर्ने बताए । सम्मेलनमा संगठनका लुम्बिनी प्रदेश संयोजक विज्ञान सी, युवा संगठन नेपाल रुपन्देही अध्यक्ष भक्त सी, बुद्धिजीवी संगठनका खगुपति सीले शुभकामना दिएका थिए ।संगठनका महासचिव ललित सीले प्यानल प्रस्तुत गरेका थिए भने नवनिर्वाचित जिल्ला समितिलाई नेकपा जिल्ला सदस्य विरेन्द्र सी र संगठनका पूर्व जिल्ला अध्यक्ष पदम सीले बधाई ज्ञापन गरेका थिए । सम्मेलनमा संग्रामी सांस्कृतिक परिवारका कलाकार रेश्मी सीले गीत प्रस्तुत गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।