६ जेष्ठ २०८१, आईतवार

प्रचण्ड प्रधानमन्त्री बने तर माओको सिद्धान्त बिर्सिए : विप्लव

0

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रचण्ड माओवाद सिद्धान्त बिर्सिएको बताएका छन् । महासचिव विप्लवले आज प्रधानमन्त्री पदको सपथ लिएका प्रचण्डले माओवादलाई कहिल्यै आत्मसात नगरको बताए । महासचिव विप्लवले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड एकै प्रवृतिको भएको दुवै सत्तालिप्त नेता भएको दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुले शिवगढिमा आयोजित १३० औँ माओ दिवसलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालमा एकीकृत जनक्रान्ति गर्न सबै कम्युनिष्ट एकजुट हुन आग्रह गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले काठमाडौँ महानगरका मेयर बालेन शाहले सुकुम्बासीलाई दु:ख दिएकाले बालेन विरुद्ध सडकमा उत्रिन निर्देशन दिए ।

नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष ऋषि कट्टेलले माओलाई हरेक दिन सम्झाना गर्नुपर्ने बताए । माओत्सेतुङ्गले चिनियाँ क्रान्तिबाट ल्याएको परिवर्तन जस्तै नेपालमा माओको विचार मान्नेहरु अब क्रान्तिको पक्षमा लाग्नु पर्ने अध्यक्षकट्टेलले बताए । उत्पीडित समुदायलाई राज्यसत्तामा पुर्याइ उनीहरुको स्तर अघि बढाउन माओका विचार अनुसार लाग्नुपर्नेमा जाेड दिए । नेपालमा क्रान्तिको मोडल परिवर्तन गरी सबै कम्युनिस्ट एकजुट हुनु पर्नेमा जोड समेत दिए ।

कार्यक्रममा वैज्ञनिक समाजवादी पार्टी महासचिव विश्वभक्त दुलाल (आहुती) ले नेपालका कम्युनिष्टहरु चिनिया जस्तै अग्रसर हुनुपर्ने बताए । चीनियाहरु क्रान्तिबाट सफल भएकाले नेपालका सबै मजदुर, किसानहरु क्रान्तिको नेतृत्व गर्नुपर्ने जानकारी दिए । माओका तीन हतियार जस्तै पार्टी, सेना र संयुक्त मोर्चा अनुसार हामी नेपाली कम्युनिस्टहरु अघि बढ्नु पर्ने आहुतीले बताए । क्रान्ति सफल बनाउनका लागि सबै उत्पीडित समुदाय एक जुट हुनुपर्नेममा जाेड दिए ।

नेकपा समाजवादी माओवादी केन्द्र अध्यक्ष कर्णजित बुढाथोकी (सुनिल) ले प्रचण्डले सत्ताको क्रान्तिको बाटो बिर्सेको बताए । प्रचण्डको सत्तालिप्त अभ्यासले माओवादी बदनाम भएको बताए । अबको यात्रामा माओवादीहरु नयाँ रणनीति अनुसार अघि बढ्नु पर्ने सुनिलले जाेड दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।