५ जेष्ठ २०८१, शनिबार

नेकपा सुनसरीले मनायो माओ जयन्ती

0

नेपाल कम्युनिष्ट पार्टी सुनसरीले १सय ३० औ माओ जयन्तीको अवसरमा जनभेटघाट र आमसभासहित माओ दिवस मनाएको छ। वर्जु गाउँपालिकाको केन्द्र अमहिवेलाहामा सम्पन्न आमसभालाई सम्बाेधन गर्दै नेकपा पोलिट व्युरो सदस्य तथा सुनसरी धनकुटा जिल्ला इन्चार्ज दिपेश सीले नेपालका कम्युनिष्ट भनिएका पार्टीहरुले माओत्सेतुङ्गवाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै उनीहरुलाई संसदीय आहालबाट बाहिर निस्कन आग्रह गरेका छन् । चीनमा जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि पनि माओले साँस्कृतिक क्रान्ति छाेड्नु परेको अवस्थालाई मनन् गर्दै नेपालका कम्युनिष्ट भनिएका पार्टीहरु सत्ताको फोहरी खेलमा अल्मलिन नहुनेतर्फ जोड गर्दै नेता दिपेशले प्रचण्डको नेतृत्वमा आजै निर्माण हुँदै गरेको खिचडी सरकार र प्रचण्ड माओवादी ५० को दशकमा राप्रपाको झैं भूमिका निभाइरहेको बताए ।
उनले भने,-” हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले मंसिर ४ गतेको निर्वाचन खारेज गरेको औचित्य वस्तुगत रुपमा सत्य सावित भएको कुरा खिचडी सरकार निर्माणको वर्तमान अवस्थाले पुष्टि गरेको छ।”

सुनसरीको वर्जु गाउँपालिकामा बसोबास गरिरहेका करिव २ हजार भन्दा बढी भुमिहिन किसान तथा सुकुम्बासीहरुको बसोबासलाई व्यवस्थित गराउनुको साटो स्थानीय सरकारले सुकुम्बासीहरुलाई हटाउन जारी गरेको उर्दीप्रति रोष व्यक्त गर्दै इन्चार्ज दिपेशले सरकारप्रति जनताको आशा, विश्वास र भरोसा हुनु पर्नेमा झुपडीको धुरी कर उठाउने अनि त्यहि झुपडी पनि जंगलबाट गाउँ पसेका ध्रुवे हात्तीले जस्तो गरि भत्काइदिने सरकार जनताको सरकार हुन नसक्ने ठाेकुवा गरे । सुकुम्वासीले रातदिन स्थानीय सरकारसंग त्राहिमाम हुँदै जिउनु पर्ने स्थितिको अन्त्य गरेर उनीहरुलाई व्यवस्थित बसोबासको व्यवस्थापन गर्न स्थानीय सरकारसँग अनुरोध गरेका छन् । स्थानीय सरकारले आफ्नो अनुरोधलाई व्यवास्था गरेर जनतालाई दासझैं ठानिए त्यसको मूल्य चर्को गरि चुकाउनु पर्ने अवस्था आउन सक्छ ,उनले थपे।”

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य विवश सी ले उत्पिडित किसानहरुको मुक्तिको निम्ति लडेर जीवन समर्पण गर्ने महान नेता माओको १३० औं जन्म जयन्तीको अवसरमा उहाँले दिनु भएको य‍ोगदानलाई स्मरण गर्दै नेपाली जनयुध्दमा मूल नेतृत्वले धोका दिए पनि आफुहरु फेरि संगठित भएर क्रान्तिको निम्ति अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सदस्य जीवनले गणतान्त्रिक व्यवस्थामा पनि सामाजिक विभेदले श्रमिक वर्गहरुमा सवैभन्दा पहिले मानसिक आघात पारेको उल्लेख गर्दै यसको विरुद्ध लड्न सम्पुर्ण उत्पिडित समुदायहरु एकजुट हुनु पर्नेमा जोड गरेका छन् ।
माओ जयन्तीको अवसरमा सोमबार आयोजित सभामा नेकपा सुनसरीका सचिवालय सदस्य मोहन सीको अध्यक्षता र सेक्रेटरी सुरेश सीको सन्चालनमा सम्पन्न कार्यक्रममा ने.क.पा.वर्जु गाउँपार्टी कमिटीका सेक्रेटरी फनिलाल ऋषिदेवले सहभागीहरुलाई मन्तव्यद्वारा स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।