२३ बैशाख २०८१, आईतवार

नेकपा मकवानपुर, चितवन, बारा र पर्साले संयुक्त रुपमा मनाए माओ दिवस

0

नेपाल कम्युनिस्ट पार्टीले माओ त्सेतुङ्को १३० औं जन्मजयन्ती भव्यताका साथ मनाएको छ । नेकपा मकवानपुर, चितवन, बारा र पर्सा जिल्लाले संयुक्त रुपमा पिक्क्निक कार्यक्रमको आयोजना गरि माओ दिवस मनाएको हो ।

लोथर खोला किनारमा आयोजना गरिएको पिक्निक कार्यक्रममा उपस्थित सबैले एक आपसमा माओ जयन्तिको शुभकामना आदानप्रदान गरेका छन् । नेपालको उत्तरी सिमानासँग जोडिएको देश चाइनामा जन्मेका माओ त्सेतुङ विश्व कम्युनिस्ट आन्दोलनको एक महान धरोहर बन्न सफल भएको कुरा बताउँदै कार्यक्रमका प्रमुख अतिथी सन्देश सीले अब नेपालको कम्युनिस्ट आन्दोलन सफल बनाउन नेकपा र नेकपाका नेताकार्यकर्ता आफैमा चौतर्फी दृष्टिकोणले आत्मनिर्भर बन्दै गाउँ सहर हुँदै सबैतिर समाजवादी सत्ताको निर्माण गरिनुपर्ने बताए । यस कार्यको लागि कम्युनिस्ट रुपि बिउ जनतामाझ उमार्दै फुलाउन र फलाउन सक्नुपर्ने उनले बताए ।

त्यस्तै नेकपाका केन्द्रिय सदस्य राम सीले पनि माओका जीवन चर्चा गर्दै माओवादी सैन्य रणनीति अनुरुप माओका विचारधारलाई जीवन्त राख्दै नेपालको सान्दर्भिक सम्भावना र चुनौतीको अध्ययन गरि नेकपा अघि बढ्नुपर्ने बताए । त्यस्तै कार्यक्रमको सम्बोधन नेकपाका केन्द्रिय सदस्य उत्सव सीले पनि माओजयन्तिको शुभकामना दिएका छन् ।

यसरी लोथर खोला किनारमा भएको पिक्निक कार्यक्रमले नेकपाका पोलिटव्युरो सदस्य सन्देश सीले इन्चार्जसीप गरेका चार जिल्लाका नेताकार्यकर्ता सबैले एक आपसमा माओ दिवसको शुभकामना आदानप्रदान गर्ने सौहार्दपूर्ण वातावरण बनाएको छ । नेकपा चितवनका जिल्ला सेक्रेटरी रुद्र सीले सन्चालन गरेका कार्यक्रमको प्रमुख आतिथ्यतामा पार्टीका पोलिटव्युरो सदस्य एवम् चितवन, मकवानपुर, बारा, पर्साका इन्चार्ज सन्देश सी रहेका छन् । त्यस्तै पार्टीका केन्द्रिय सदस्य राम सी, उत्सव सी, वैकल्पिक केन्द्रिय सदस्य शिषम सी, जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य सुदर्शनराज पाण्डे, पर्साका जिल्ला सेक्रेटरी फिरोज सी लगायतको आतिथ्यता रहेको छ । पार्टीका वैकल्पिक केन्द्रिय सदस्य मिङमार सीको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीले स्वागत मन्तव्य राखेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।