१३ बैशाख २०८१, बिहीबार

दोलखामा १३० औं माओ दिवस कार्यक्रम सम्पन्न

0

चरिकोट: नेपाल कम्युनिस्ट पार्टी, जिल्ला समिति दोलखाको आयोजनामा दोलखाको सदरमुकाम चरिकोटमा १३० औं माओ दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधि समिति सदस्य राजकुमार सीको संचालनमा भएको उक्त कार्यक्रम पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला सेक्रेटरी अर्जुन सीको अध्यक्षतामा भएको थिए । उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम सी प्रमुख अतिथि थिए भने पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य यादव सी अतिथि थिए । उक्त कार्यक्रममा पार्टीका प्रतिनिधि समिति सदस्य जयकुमार सीले स्वागत मन्तव्य राखेका थिए भने पार्टीका केन्द्रीय सदस्य एवम कार्यक्रमका प्रमुख अतिथि प्रेम सी, वैकल्पिक केन्द्रीय सदस्य अर्जुन सी, केन्द्रीय सल्लाहकार सदस्री यादव सी, जिल्ला सचिवालय सदस्यहरु राजन सी र सीताराम सी, जिल्ला समिति सदस्यहरु कर्ण सी, सुस्मिता सी, दिनेश सी, मनोज सी, सङ्ग्राम सीले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रेम सीले माओका योगदानहरुको उच्च चर्चा गर्दै उपस्थित नेता /कार्यकर्ताहरुलाई क्रान्तिमा लामबध्द हुन र क्रान्तिमा सफलता हासिल गर्न शुभकामना मिलोस भनी शुभकामना दिएका थिए । उनले माओको नेतृत्वमा महान चिनियाँ जनताले जसरी साम्राज्यवादका विरुद्धमा लडेका थिए, उक्त कुराबाट नयाँ शिक्षा लिएर आजको २१ औं शताब्दीमा विप्लवको नेतृत्वमा हामीले नयाँ ढंगले साम्राज्यवादका विरुद्धमा लढ्नुपर्ने बताए । माओ महान माओ भएको बताउदै उनले माओले अनुसन्धान गरेका विषयहरुबाट उच्च ज्ञान लिएर हामीले थप अनुसन्धानमा लाग्नुपर्ने बताए उनले देशको मुक्ति र जनताको मुक्ति नहुन्जेल हामी निरन्तर रुपमा लड्नुपर्ने क. माओको महान शिक्षा भएकोले अब नेपालमा वैज्ञानिक समाजवाद स्थापना नहुन्जेल नेपाल कम्युनिस्ट पार्टी र महासचिव विप्लवको नेतृत्वमा हामी निरन्तर रुपमा लड्नुपर्ने बताए । मन्तव्यका क्रममा उनले क. माओले जसरी पार्टीभित्रका अवसरवादीहरु, संशोधनवादीहरुलाई धुलो पार्दै क्रान्ति सम्पन्न गर्नुभयो, उक्त विषयबाट हामीले शिक्षा लिएर नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका अवसरवादीहरु, संशोधनवादीहरुलाई ध्वस्त पार्नुपर्ने बताए ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै यादव सीले माओलाई हामी सबैले सदैव सम्झिनु पर्ने बताए ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अर्जुन सीले माओबाट हामीले नयाँ शिक्षा लिएर नेपाली क्रान्ति सफल बनाउने बताए ।

उक्त कार्यक्रममा दोलखाका ६३ जना नेता/कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।