१३ बैशाख २०८१, बिहीबार

अखिल (क्रान्तिकारी) दाङको २५ औँ जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न, अध्यक्षमा खुमन

0

घोराही: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङको २५ औँ जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।

बुधबार घोराहीमा हजारौं विद्यार्थीको प्रदर्शनसहित सम्पन्न २५ औँ जिल्ला सम्मेलनले खुमन सीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा दिपक सी , सचिवमा नवीन सी , सह-सचिवमा टार्जन सी , कोषाध्यक्षमा हिमाल सीलाई निर्वाचित गरिएको छ ।

यस्तै सम्मेलनले ६ सदस्यीय कार्यालय कमिटी समेत निर्माण गरेको छ । कार्यालयमा निर्वाचित पाँच जना पदाधिकारीसहित विद्यार्थी नेतृ समता सीलाई चयन गरिएको हो ।

अखिल (क्रान्तिकारी) दाङको २५ औँ जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै नेकपाका पोलिट ब्युरो सदस्य शितल सीले अधिकतम जनताद्वारा अस्विकृत संसदवादी पार्टी र न्युनतम जनताको म्यान्डेट विपरीत गठन भएको सरकार बिदेशीको कठपुतली भएको बताउनु भयो । उहाँले भन्नुभयो,– ‘ संसदीय निर्वाचनमा संसदवादी पार्टीहरु जनताद्वारा अस्विकृत भए । निर्वाचनमा जनताले न्युनतम म्यान्डेट दिए तर अहिले त्यही न्युनतम म्यान्डेट विपरीत गठन भएको सरकार दुइदिन पनि टिक्दैन , यो बिदेशिको कठपुतली सरकार हो ।’

जनताको म्यान्डेट विरुद्ध सरकार गठन गरेर संसदवादी दलहरुले कलाबिहिन नाटक देखाइरहेका छन् , उहाँले थप्नुभयाे, ‘ संसदीय निर्वाचनमा अधिकतम् जनताले भोट हालेनन् । यो व्यवस्था जनताले अस्विकृत गरिदिए । ‘

एक अर्को प्रसंगमा बोल्दै नेता शितलले शिक्षा माफिया र पुजिपतीको हातमा गएको ठोकुवा गर्नुभएको थियो ।
सिमित पुजिपती हातबाट शिक्षा खोसेर सबै श्रमजीवी सर्वहारा वर्गा छोराछोरीका लागि निशुल्क बनाइनुपर्ने उहाको धारणा थियो । शिक्षामा व्यापार गरिएको छ , उहाँले थप्नुभयो ‘ शैक्षिक माफियाहरुको टाउको मुण्डन गरेर देश निकाला गर्नुपर्छ ।‘

अखिल (क्रान्तिकारी) दाङको २५ औँ जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले दुई खाले शिक्षा अन्त्य हुनुपर्ने धारणा समेत व्यक्त गर्नुभएको हो ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य सम्झना सीले दलालहरुले अपहरण गरेको नेपालको अस्तित्व रक्षा, शिक्षामा भएको निजीकरण र भ्रष्टिकरणका विरुद्ध युवा बिद्यार्थीहरुले आन्दोलन केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अखिल (क्रान्तिकारी) का महासचिव ललित सीले दाङ बिद्यार्थी आन्दोलनको गौरवमय इतिहास बोकेको जिल्ला भएको बताउनुभयो ।
नेता ललितले विद्यार्थी आन्दोलनको चर्चा गर्दै भन्नुभयो – ‘कलिलो उमेरमा जहानिया राणा शासनका विरुद्ध गंगालालहरुले बलिदान गर्नुभयो । २४० वर्षको राजतन्त्रका विरुद्ध युवा विद्यार्थीहरुले बिद्रोह गरे । कलम र तारा अंकित झण्डालाइ केही संगठनले सडकमा अलपत्र छोडेर गएपनी हामीले त्यो झण्डालाई सचेततापुर्वक उठाएका छौँ । हामी वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि अनवरत लड्छौँ ।‘

शिक्षा अव्यवहारिक , अवैज्ञानिक, विभेदकारी र महंगो भयो उहाँले थप्नुभयो, ‘हामी अरव र युरोपको दास बन्नका लागि पढिरहेका छौँ । हामी शिक्षा प्रणाली बदल्न चाहेका छौँ र यसको ठाउमा समान ,जिवनउपयोगि , व्यवहारिक , वैज्ञानिक र निशुल्क शिक्षा लागू गर्न आन्दोलन गरिरहेका छौँ ।‘

यस्तै २५ औँ जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश कमिटी इन्चार्ज विज्ञान सीले कक्षा १-१२ सम्म शिक्षा निशुल्क र अनिवार्य , यातायातमा बिद्यार्थीले पाउने ४५% छुट , सिमानामा काडेतार , राष्ट्रघाती एमसिसी सम्झौता खारेजीका लागि संगठनले संघर्ष गर्ने उद्घोष गर्नुभएको हो ।

कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश सी , जवस/मोर्चा संयोजन इन्चार्ज रुद्र सी, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम त्रिभुवन विश्वविद्धालय तथा इन्जिनियरिङ इन्चार्ज अनिल सी लगाएतले सम्मेलनमा शुभकामना मन्तव्य राखेका थिए ।
२५औँ जिल्ला सम्मेलनमा प्रतिवेदन बाचन संगठनका नवनिर्वाचित अध्यक्ष खुमन सीले गरेका थिए । प्यानल प्रस्ताव संगठनका लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञानले गरेका थिए भने नवनिर्वाचित जिल्ला कमिटीलाई बधाई मन्तव्य नेकपा दाङका सेक्रेटरी जनक सीले गरेका हुन् ।
प्रतिबद्धता मन्तव्य सहित बन्द सत्रको समापन कार्यक्रमका अध्यक्ष खुमन सीले गरेका थिए ।

नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्य तथा पार्टीका केन्द्रीय सदस्य द्वय सम्झना सी , प्रदिप सी , अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव ललित सी , नेकपा दाङका सेक्रेटरी जनक सी , अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश इन्चार्ज विज्ञान सी , अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य अनिल सी , जवस/मोर्चा संयोजन इन्चार्ज रुद्र सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य गगन सी , सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती सी , अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोका सी , युवा संगठन नेपालका जिल्ला अध्यक्ष सुदर्शन सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष दिनेश सी , श्रमिक समुदाय मोर्चा नेपालका जिल्ला अध्यक्ष बिष्णु सी , थारु राष्ट्रिय मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य चुलुवा सी , अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष पण्चाराम सी , जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य द्वय हेमन्त प्रकाश , जंग सी , मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य सेबेन्द्र सी , नेकपा घोराही उपमहानगर कमिटीका इन्चार्ज महान सी , नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज बिजय सी , नेकपा दाङका सचिवालय सदस्य किसन सीको आतिथ्यमा सम्मेलन सम्पन्न भएको थियो ।

अखिल (क्रान्तिकारी) दाङको २५ औँ सम्मेलन कार्यक्रमको संचालन दिपक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।