१४ बैशाख २०८१, शुक्रबार

नेकपा काठमाडौँको छैठाैँ बैठक सम्पन्न

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काठमाडौँको छैटौं बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले विगतका कामको मुल्यांकन र वर्तमान परिस्थितिको विश्लेषण गर्दै पार्टीले तत्काल गर्नुपर्ने कामको लागि योजना निर्माण गरेको नेकपा काठमाडौँका जिल्ला नेता राजेश काफ्लेले जानकारी दिएका छन् ।

शुक्रबार कपुरधारास्थित पार्टीको जिल्ला कार्यालयमा सम्पन्न छैटौं बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य एवम् जिल्ला इन्चार्ज प्रज्वल सीले विद्यमान राजनीतिक परिस्थिति र कम्युनिस्ट क्रान्तिकारीहरुको आजको कार्यभारबारे छोटो प्रशिक्षणसहित मन्तव्य व्यक्त गरेका थिए ।

बैठकमा पार्टी सिसिएम तथा अ.ने.म. सङ्घ क्रान्तिकारीकी नेतृ ज्ञानु सि, केन्द्रिय प्रतिनिधि सदस्य इच्छुक सि, गोपाल सि, जिल्ला सल्लाहकार सदस्य पर्शुराम सि, घाईते तथा जिल्ला सल्लाहकार सदस्य जीवन सि, नगर/महानगर इन्चार्जहरु लगाएत जिल्ला सदस्यहरुको उपस्थित रहेको थियो भने बैठकको अध्यक्षता र सञ्चालन सेक्रेटरी तुलसीनारायणले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।