
सुनसरी: अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति सुनसरीको अध्यक्षमा परिता सी चयन भएकी छन् । संगठनको जिल्ला भेलाबाट अध्यक्ष परिता सी लगाएत १३ जना जिल्ला समिति सदस्य निर्वाचित भएका हुन् ।
शनिबार नेकपाको पार्टी कार्यालय इटहरीमा सम्पन्न अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेलालाई नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य एवम् सुनसरी-धनकुटा इन्चार्ज दिपेश सीले उद्घाटन गरेका थिए ।
त्यस्तै कार्यक्रमका अतिथिहरुमा सुनसरी जिल्ला सेक्रेटरी सुरेश सी, जिवन सी, मन्जु सी लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै नेता दिपेशले एकीकृत जनक्रान्ति द्वारा वैज्ञानिक समाजवाद स्थापना विना महिला मुक्ति असम्भव रहेको बताउँदै महिलाहरुको पूर्ण मुक्ति प्राप्तिका लागि सम्पूर्ण महिलाहरू एकजुट भएर संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि महान अभियानमा लामद्ध हुन आग्रह गरेका छन् ।
विगत १० वर्षको जनयुद्धमा महिलाहरुले राइफल बोकेर दुश्मनका किल्लामा धावा बोलेर रचेको इतिहासको स्मरण गर्दै आगामी दिनमा पनि महिलाहरु एकताबद्ध भएर समाजमा भैरहेका महिला हिंसा, बेचबिखन, बाल तथा अनमेल बिबाह र बलात्कार लगाएतका विकृति, विसंगतिका विरुद्धमा लड्नुपर्ने धारण राखेका थिए।
