८ बैशाख २०८१, शनिबार

स्वर्ण जयन्तीका अवसरमा अभिनन्दन तथा ‘तिमी नहुँदा’ कविता संग्रहको लोकार्पण

0

बुटवल: नेपाली साहित्य परिषद शिलाङ तथा परिषदद्वारा प्रकाशित ‘मादल’ पत्रिकाको स्वर्ण जयन्तीका अवसरमा अभिनन्दन तथा कवि तुल्सीराम फुल्लेल कृत कविता संकलन ‘तिमी नहुँदा’ को लोकार्पण समारोह बुटवलमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

भारतको शिलाङमा रहेर नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका नेपाली साहित्य परिषद शिलाङका संस्थापक सचिव एवं बरिष्ठ साहित्यकार दिल साहनी, बरिष्ठ साहित्यकार रत्नलाल भुषाल एवं दुर्गा अधिकारीलाई परिषदले अभिनन्दन गरेको हो । परिषदका सहसचिव एवं तिमी फुल्दा कविता संग्रहका रचयिता कवि तुल्सीराम फुल्लेलले उहाँहरुलाई खादा तथा मायाको चिनो प्रदान गरेर अभिनन्दन गर्नुभएको हो। अभिनन्दन समारोहमा बोल्दै बरिष्ठ साहित्यकार दिल साहनीले नेपाली भाषा साहित्यलाई माया गर्ने शिलाङ बासी नेपाली दाजुभाईहरुको सकृयतामा खोलिएको साहित्य परिषदले स्वर्ण जयन्ती मनाउँदै गर्दा नेपाल आएर आँफुहरुलाई सम्मानित गर्दा खुशी व्यक्त गर्नुभयो। उहाँले स्थापनाकालका साहित्यिक व्यक्तित्वहरुलाई स्मरण गर्दै यसको निरन्तरता दिईरहनुभएका साथीहरुलाई धन्यावाद ज्ञापन गर्नुभयो र आफ्नो सकृयता अगाडि बढाउने बताउनुभयो ।
अभिनन्दन पश्चात् कृति लोकार्पणको दोस्रो चरणको कार्यक्रम प्रलेस रुपन्देहीका अध्यक्ष कविराज पौडेलको अध्यक्षता एवं सचिव रामचन्द्र श्रेष्ठको संचालमा अघि बढेको थियो ।
कवि तुल्सीराम फुल्लेलको कृति तिमी नहुँदाको लोकार्पण बरिष्ठ साहित्यकार दिल साहनी साहित्यकारहरु रत्नलाल भुषाल, दुर्गा अधिकारी, डा ऋषिराम भुषाल, रुद्र ज्ञवाली डा. कपिल लामिछाने, डा. मुरारी पराजुली, मदनलाल पौडेल लगायतले एकमुष्ट लोकार्पण गर्नुभएको थियो। कृति समीक्षा गर्दै साहित्यकार राजेन्द्र कुमार आचार्यले कवि तुल्सीराम फुल्लेलले निकै मेहनतका साथ हरेक क्षेत्र समेटिएका रचना संग्रह प्रकाशित गरेर नेपाली साहित्यमा महत्वपुर्ण योगदान पुर्याएको बताउनु भयो।
यसैबिच उक्त समारोहमा अधिवक्ता ज्ञानु केसीले सहिदहरुका सपना शिर्षकको कविता बाचनले माहोललाई नै मत्रमुग्ध बनाएको थियो। उहाँको कवितामा सहिदहरुको बलिदानि बेपत्ता योद्धाहरुको लागानी चकनाचुर भएको र उनीहरुले देखेका सपना लथालिङ्ग भएको भावना समेटिएको थियो। यस्तै साहित्यकारहरु डा. कपिल लामिछाने, दिपक विश्वकर्मा, पुरुषोत्तम पाण्डे, साया किरण, कविराज पौडेल लगायले गहकिला रचना बाचन गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।