१५ चैत्र २०८०, बिहीबार

नेकपाद्वारा रोयल्टी अनियमितताको छानबिन र कारवाही गर्न नगर प्रमुखको ध्यानाकर्षण

0

नेपाल कम्युनिष्ट पार्टीद्वारा गोदावरी नगरपालिकाको नदीजन्य पदार्थको रोयल्टी संकलनमा भएको अनियमितताको छानबिन गरी कारवाही गर्न नगर प्रमुखको ध्यानाकर्षण गराएको छ ।
खुटीया, खैराना र गोदावरी नदीको नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, ग्राभेल) को रोयल्टी संकलनमा सरकारी छाप कृते गरी दुरुपयोग गरेको, केही कम्पनीसँग मिलेमतो गरी अनियमितता गरेको भेटिएपछि उक्त कार्यमा संलग्नलाई कारवाही गर्न र यस्ता अनियमित कार्य अविलम्ब रोक्न समेत माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विनोद बिष्ट नगर इन्चार्ज कैलाश जोशी, सेक्रेटरी दानसिहं धामी, युवा संगठन नेपाल गोदावरीका अध्यक्ष दिपक धामी लगायतको टोलीले नगर प्रमुख विरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत वसन्त खत्री लगायतलाई भेटेर कारवाही गर्न ध्यानाकर्षण गराएको हो ।भेटघाटमा नगर प्रमुख भट्टले अनियमितताको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत खत्रीले नगरपालिकाको छाप दुरुपयोग भएको स्विकार्दै अविलम्ब रोक्ने बताएको नगर इन्चार्ज कैलाश जोशीले जानकारी दिए।आफुहरूले अनियमितताको छानबिन र कारवाहीका लागि ध्यानाकर्षण गराएको र कारवाही नगरिए आफ्नो पार्टी जनकारवाही गर्न बाध्य हुने जिल्ला सेक्रेटरी विनोद बिष्टले चेतावनी दिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।