११ बैशाख २०८१, मंगलवार

स्वतन्त्र, समावेशी र जवाफदेही न्यायपालिका हाम्रो प्रमुख एजेन्डा हो: अधिवक्ता कपिल पोख्रेल

0

काठमाडाैँ: सर्वोच्च अदालत बार एशोसियशन कार्यसमिति निर्वाचन २०७९ का लागि वरिष्ठ अधिवक्ता तुलसी भट्ट नेतृत्वको प्यानलको तर्फबाट कोषाध्यक्षका पदका उम्मेदवार रहेका अधिवक्ता कपिलचन्द्र पोख्रेलले समावेशी, स्वतन्त्र र जवाफदेही न्यायपालिका आफ्नो मुख्य एजेन्डा भएको बताएका छन् । सर्वोच्च अदालत बार एशोसियशन कार्यसमितिका लागि हुन गैरहेको निर्वाचनमा भट्ट नेतृत्वको प्यानलको एजेन्डा के हो भनि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा जवाफ दिदै अधिवक्ता पोख्रेलले यस्तो बताएका हुन् ।

“न्यायपालिकालाई स्वतन्त्र, समावेशी र जवाफदेही बनाउनु अहिलेको आवश्यकता हो । हाम्रो प्यानलले प्रचिलत संविधान र कानुनका आधारमा न्यापालिकालाई जवाफदेही, स्वच्छ र थप विश्वसनिय बनाउन भूमिका खेल्नेछ उनले भने, “सर्वसाधारण नागरिकको न्यायीक प्रक्रियामा पहुँचको उत्तिकै खाँचो छ, न्यायपालिकाप्रति नागरिकको भरोसा र भ्रस्टाचारमुक्त न्यायीक क्षेत्र मुलुकको अर्को आवश्यकता हो । यो उदेश्य हासिल गर्न मैले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएको हुँ ।”

प्रगतिशील, पेशागत, तथा गणतान्त्रिक, लोकतान्त्रिक, समाजवादी र समावेशी कानुन व्यवसायी समुहको तर्फबाट कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका पोख्रेल नेपालको कानुनी र राजनीतिक परिवर्तनको आन्दोलनमा लामो समयदेखि योगदान गर्दै आएका एकजना स्वच्छ, इमानदार र निष्ठावान छवि भएका वकिल हुन् ।

यहि पौष २३ गते हुने सर्वोच्च अदालत वार एशोसियशन कार्यसमिति निर्वाचनमा देशभरबाट ६ सय ५१ जना मतदाताहरुले मतदान गर्नेछन् भने अध्यक्ष, उपाध्यक्ष ,सचिव, कोषाध्यक्षसहित १५ सदस्यीय कार्यसमितिका लागि निर्वाचित हुने प्रावधान रहेको श्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।