१३ बैशाख २०८१, बिहीबार

नेकपा मकवानपुरद्वारा सहिद रमेश र राजेन्द्रको २० औं स्मृति दिवस मनाइयो

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सहिद रुद्र बहादुर पाख्रिन ‘रमेश’ र राजेन्द्र नेपालको २० औं स्मृति सभा कार्यक्रम सम्पन्न गरेको छ । साथै सहिद रुद्रको परिवारसँग भेटघाट समेत गरेको छ । कार्यक्रम मकवानपुर गढी-४ स्थित रुद्रबाटिकामा भएको हो ।

२०१९ साउन २७ गते मकवानपुरमा जन्मेका रुद्र बहादुर पाख्रिन तत्कालीन जनयुद्धकालका एक होनहार र कुसल नेता थिए । निरंकुश राजतन्त्र अन्त्य गर्दै जनसत्ता निर्माणका लागि संघर्षको मैदानमा अघि बढ्दै गर्दा निशस्त्र रमेश र उनका सहयोद्धा राजेन्द्रलाई वि.सं. २०५९ पौष २८ गते शाही सेनाद्वारा गरगरेमा गोलि हानी मारिएका थिए ।

जनमुक्तिका लागि राज्यव्यवस्था र सत्ता परिवर्तन गर्न आफुले देखेका सपना र बाँकी कार्यभार भावी पुस्तालाई जिम्मा लगाउँदै अन्तिम श्वास फेरेको आज २० औं वर्ष भएकोले सहिद रुद्र बहादुर पाख्रिन र राजेन्द्र नेपालको सम्झनामा नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले स्मृति सभा कार्यक्रमको आयोजना गरि उहाँहरुप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य राम सीको प्रमुख आतिथ्यता, वैकल्पिक केन्द्रिय सदस्य मिङमार सीको विशेष आतिथ्यता, अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा पश्चिम बागमती इन्चार्ज विवेक सीको आतिथ्यता रहेको छ । वैकल्पिक केन्द्रिय सदस्य तथा सामना परिवारका इन्चार्ज आरोह सीले सन्चालन गरेका कार्यक्रममा राम सी र मिङमार सीले सम्बोधन गरेका थिए । कार्यक्रममा अतिथि गण सहित सम्पूर्ण नेताकार्यकर्ताले २० वटा मैनबत्ती बालेर सहिद रुद्र बहादुर पाख्रिन ‘रमेश’ को शालिकमा अबिर तथा माल्यार्पण गरि उहाँप्रति श्रद्धा सम्मान प्रकट गरेका छन् ।

साथै पार्टीले सहिद रमेशको परिवारसँग भेटघाट समेत गरेका छन् । पार्टीले भेटघाटमा सहिद रमेशकी जीवन साथी राम माया पाख्रिनलाई खादा ओढाई उच्च सम्मान व्यक्त गरेको छ । सहिद परिवार राम मायाले मरिसकेको आशाको दियो जलाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अघि बढिरहेकोले पुन: आशा पलाएको कुरा बताउँदै सफलताको शुभकामना दिएकी छिन् । साथै उनले समाज परिवर्तनको लागि अघि बढाइएका पाइलाहरु जस्तोसुकै अफ्ठ्यारामा पनि नरोकिन उत्प्रेरित समेत गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।