१५ चैत्र २०८०, बिहीबार

नेकपा दक्षिण कर्णाली ब्युरोको संयुक्त प्रशिक्षण कार्यकम सम्पन्न

0

बाँके: नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरोले पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपाको नवौं महाधिवेशन पछि भएको केन्द्रिय समितिको तेस्रो बैठकद्वारा पारित आवधिक योजनाका लक्ष्य र योजनाको भावलाई पार्टीका तल्ला कमिटीहरुमा सम्प्रेषण गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

बाँके जिल्लाको घरेलु विकास कार्यलयको सभा हलमा मङ्गलवार आयोजित कार्यक्रमलाई नेकपा स्थायी कमिटी सदस्य विषम सी ले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वर्तमान दलाल व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि पार्टी नेता कार्यकर्ताले हरदम पहल र मेहनत गर्नु पर्ने र जनआधारित पार्टी निर्माण गर्दै एकीकृत क्रान्तिको कार्यभार पूरा गर्नुपर्नेमा जोड दिएका थिए।

नेकपा केन्द्रिय सदस्य तथा दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सी को अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा बर्दिया जिल्ला इन्चार्ज हिमशिखर सी र बाँके सेक्रेटरी कल्पना सी ले जिल्लागत रिपोर्ट राखेका थिए भने कार्यक्रममा पोलिट ब्युरो सदस्य असल सी , केन्द्रीय सदस्य एवम् कर्णाली मुक्ती मोर्चा संयोजक बिराट सी , नेकपा केन्द्रिय प्रतिनिधि समिती सदस्य ध्रबेन्द्र सी को समेत उपस्थित रहेको नेकपा बाँकेका इन्चार्ज रणदिप सी ले जानकारी दिएका छन् ।

प्रशिक्षण कार्यक्रममा हिरासतबाट हालै रिहा हुनु भएका ध्रबेज्द्र र दिल्ली सी लाई अभिनन्दन गरिएको थियो भने कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज रणदिपले गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।