मानव दुनियाँमा दुईवटा दृष्टिकोण रहेका छन् । पदार्थलाई प्रथम मान्ने भौतिकवादी र चेतनालाई प्रथम मान्ने आध्यात्मवादी । अर्थात् पदार्थभित्र गतिको नियम खोज्ने द्वन्द्ववादी र पदार्थबाहिर गतिको स्रोत खोज्ने अधिभूतवादी । यी दुवै सिद्वान्त दार्शनिक मान्यतामा उभिएका छन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद दुनियाँ बदल्ने दर्शन हो । यो भौतिक गतिको नियमहरूसित सम्बन्धित छ भने आध्यात्मिक आदर्शवाद स्थिर, जड र परआत्मासित सम्बन्धित छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद वर्गसङ्घर्र्षलाई नेतृत्व गर्ने दार्शनिक चिन्तन हो । इसाईकरण दर्शन तथा विश्वदृष्टिकोणसित सम्बन्धित भएकोले वर्गसङ्घर्र्षका लागि यो चुनौतिका रूपमा आएको छ ।
श्रमिक जनता भूमण्डलीकृत पुँजीवाद विरूद्व लडिरहेको बेला वर्गसङ्घर्र्षलाई निस्तेज पार्ने उद्देश्यले पश्चिमा शक्ति अर्थात् क्रिश्चियन साम्राज्यवाद इसाई धर्मको खाेस्टो ओढेर नेपाल भित्रिएको छ । धर्म व्यक्तिको निजी मामिला हो । कुनै पनि व्यक्तिले आफूलाई मन परेको धर्मलाई आत्मसात गर्न सक्दछ । धार्मिक आस्थाको आधारमा कुनै व्यक्तिले इसार्ई धर्म ग्रहण गर्नुलाई हामीले अन्यथा भन्न मिल्दैन तर योजनाबद्व ढङ्गबाट इसार्ईकरण गरिनु गम्भीर कुरा हो । अमेरिकालगायत पश्चिमाद्वारा सञ्चालित हजारौँ इसार्ई संघसंस्थाले नेपाललाई पैसाको बलमा इसार्ईकरण गरिरहेको छ । यसले वर्गसङ्घर्र्षलाई निस्तेज गर्नुका साथै हाम्रो देशको राष्ट्रियता र सार्वभौमसत्तामाथि समेत गम्भीर खतरा पैदा गरिरहेको छ । नेपालमा पश्चिमाहरुले इसार्ई धर्मलाई विशुद्व आस्था र संस्कृतिको रूपमा नभई राजनीतिक उद्देश्य प्राप्त गर्ने ‘टुल्स’ बनाएको छ । अहिले अमेरिकाको भेटिकन सिटीपछि काठमाडौँ विश्वकै सबैभन्दा धेरै चर्च भएको सहर बनेको छ र नेपालमा चर्चको संख्या १८,००० पुगेको बताइएको छ । नेपालमा इसार्ईकरणलाई सफल पार्न अमेरिका, बेलायत, जर्मनी, नर्वे, फिनल्यान्ड, स्विडेन, डेनमार्क, जापान र दक्षिण कोरिया जस्ता देशले नियमित आर्थिक सहयोग गर्दै आइरहेका छन् । इसाई साम्राज्यवादले आदिबासी जनजातिहरुको संस्कृतिमाथि समेत प्रहार गरिरहेको छ । बिबिसीको रिपोर्ट अनुसार ‘नेपालमा इसाई धर्मावलम्बीको तीव्र गतिमा बढिरहेको संख्यामा मुख्यतः परम्परागत हिन्दु वर्णाश्रम जातव्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिस वा आदिवासी जनजाति समुदायका मानिस छन् ।’ (जनवरी १४, २०२३) । इसाई मिसनरीहरुका गतिविधिले ‘नेपालको परम्परा र प्राचीन संस्कृति कमजोर’ हुँदै गएको बताइएको छ । (२२ जनवरी २०२३) । जनजाति र श्रमिक (दलित) समुदाय वर्गीय उत्पीडनसँगै धार्मिक जुवामा समेत पिसिएका छन् । नेपालमा आफु क्रिस्चियन भनेर चिनाउनेहरू मध्ये ६५ प्रतिशतभन्दा बढी श्रमिक (दलित) समुदाय रहेको समाचार सार्वजनिक भएका छन् । क्रिश्चियनहरुले इसाई धर्मको प्रचार मात्रै गरेका छैनन्, बौद्ध र हिन्दु धर्मलाई ‘सैतान’को संज्ञा दिएर गाली समेत गरिरहेका छन् ।
इसाई धर्मका प्रवर्तक इसामसिह जिसस क्राइस्ट हुन् । क्रिश्चियन समुदायले इसाई धर्म मान्दै आएका छन् । उनीहरुले आफ्नो धार्मिक ग्रन्धलाई ‘बाइबल’ र पुजास्थललाई ‘चर्च’ भन्दछन् । सन् १९५१ मा नेपालमा भएको पहिलो राष्ट्रिय जनगणनामा इसार्ईको संख्या शून्य देखिन्छ । सन् १९६१ मा ४५८ को संख्या देखिन्छ भने सन् २००१ को जनगणनामा इसार्ई संख्या १,०२,००० देखिन्छ । सन् २०११ को जनगणनामा यो संख्या तीन गुणाले वृद्वि भएर ३,७५००० पुगेको देखिन्छ । अहिलेसम्म १८ हजार चर्च र ३० लाख इसार्ई रहेको उनीहरूको दाबी छ । ९० प्रतिशत चर्च १० वर्षमा खडा भएका छन् । विश्वमा नेपाल इसाईकरण तीब्र हुने मुलुकभित्र पर्दछ । उनीहरूले बाइबलमार्फत् इसाईकरणलाई दूरदराजसम्म फैलाएका छन् । गृहमन्त्रालयका अनुसार अहिले समाज कल्याण परिषद्मा दर्ता भएका ४५ हजार भन्दा बढी एनजीओ र आइएनजीओहरु मध्ये ८५ प्रतिशत भन्दा बढीले इसाई धर्मको प्रचार गरिरहेका छन् । इसाई साम्राज्यवादकै कारण नेपालमा धार्मिक सहिष्णुता खल्बलिदै गएको छ । चर्चहरु बाहिरी रूपमा हेर्दा धार्मिक संस्था जस्तो देखिए पनि यसले वर्गसङ्घर्र्षलाई रोक्ने राजनीतिक उद्देश्य बोकेको छ । नेपालमा इसाईकरण हुनुको कारण गरिबी, बेरोजगार, पछौटेपन र धर्मको नाममा विभेद भनिएको छ । पश्चिमाहरूले नेपालको गरिबी र अभावको कमजोरीमा टेकेर कथित ‘मानवसेवा’को भ्रम फैलाउदै इसाईकरणलाई तीब्रता दिएका छन् । वास्तवमा गरिबी, बेरोजगार र पछौटेपनको मूल कारण धर्म नभई विद्यमान शोषणमा आधारित संसदीय पुँजीवादी राज्यसत्ता हो भन्ने कुरा उनीहरूले बुझेका छैनन् ।
पश्चिमाले सर्वसाधारण जनतालाई मात्रै इसाईकरण गरेको छैन । नेपालका राजनीतिक दल, नेता, सांसद, मन्त्रीहरूलाई इसाईकरण गर्न गोप्य परियोजनाहरू चलाइएको छ । अमेरिका अहिले संसदबाट कांग्रेस, एमाले, माकेलगायत तत्कालीन पाँच दलीय गठबन्धनमार्फत् एमसीसी पास गराउन सफल भएपनि एसपीपी पास गराउन नसकेपछि उसलाई ठूलो झड्का लागेको छ । त्यसपछि अमेरिकाले नेपालको राजनीतिमा आफ्नो साम्राज्यवादी उद्देश्य पुरा गर्ने रणनीति बदलेको देखिन्छ । जसरी पश्चिमा शक्तिले अफ्रिकन तथा ल्याटिन अमेरिकी मुलुकमा इसार्ईकरण गर्न ‘इसार्ई रिपब्लिक पार्टी’जस्ता दल खोलेर त्यहाँको राज्यसत्तामाथि आफ्नो प्रभुत्व कायम गरेको थियो । त्यसैगरी नेपालमा उसले आफ्नो नियन्त्रण कायम राख्न आफ्नो अनुकूलको राजनीतिक दल बनाएको छ । यसैको पछिल्लो उदाहरण रबि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ हो । अमेरिकाको ‘फ्रिडम पार्टी’ र त्यसको घण्टी चुनाव चिन्हको नक्कल गरेर बनाइएको कथित स्वतन्त्र पार्टी अमेरिकाको साम्राज्यवादी डिजाइनमा बनेको पार्टी हो र यसको उद्देश्य सिआइएको निर्देशनमा नेपालमा अमेरिकी साम्राज्यवादको सेवा गर्नु हो । अमेरिकी स्रोतसाधन र आडभरोसामा नै यो पार्टी संसदमा चौथौं पार्टी बन्यो । रबि गृहमन्त्री बनेसँगै लप्सीफेँदीमा प्रहरी दमन गराएर एमसीसी परियोजना कार्यान्वयन गर्नु यसको ज्वलन्त उदाहरण हो । आगामी बर्षमा अमेरिकाले नेपालमा इसाई धर्मको प्रचार र धर्मालम्बीको भोटको आधारमा कथित स्वतन्त्र पार्टीलाई ठूलो दल बनाउने, संसद कब्जा गरी आफ्नो कठपुतली सरकार बनाउने र उत्तरी चीनको विरूद्व मोर्चाबन्दी गर्ने दाउमा देखिन्छ । संसदबाट पारित गरिएको एमसीसी सम्झौतामा नेपालको सुरक्षा नीति अमेरिकी सुरक्षा नीति अन्तर्गत रहने बिषय टुङ्गिनुको गाँठी कुरा पनि यही हो । यसअघि २०७५ मंसिर ४ गते काठमाडौमा क्रिश्चियनहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री केपी वलीले होलीवाइन खाएर सम्मेलनको उद्घाटन गर्नु सत्ता र राजनीतिमा इसाईकरणको अर्को ज्वलन्त उदाहरण थियो ।
हाम्रो पार्टीको नवौं महाधिवेशनको दस्तावेजले धर्मलाई ‘अज्ञानताबाट सुरू भएर षड्यन्त्रको सिद्वान्त’सम्म पुगेको बताएको छ । “प्रकृति, समाज, वर्गसत्ता र आर्थिक जीवनको अस्तित्वलाई परमशक्ति, परम चेतना, रहस्य र दैवी रचनाका रूपमा बुझ्ने अध्यात्मवादी दृष्टिकोण हजारौं बर्षदेखि गाँजिएर बसेको छ । यो दृष्टिकोणको मुख्य उद्गम समय दासयुग र सामन्तवादी युग हो । यो दृष्टिकोण अज्ञानताबाट सुरू भएर षड्यन्त्रको सिद्वान्तसम्म पुगेको छ ।” (नेकपा, राजनीतिक दस्तावेज, पृ.४१) । “सामन्ती युगको विकसित चरणमा सत्तासीन वर्गले आदर्शवादलाई आफ्नो रक्षाको हतियार र पछि आम नागरिकको संस्कारमा बदलियो । कम्युनिस्ट आन्दोलनको विकाससँगै कमजोर भएर गएपनि अझै यसको प्रभाव र जराहरू समाज र नागरिकहरूको सोँच, संस्कार र परम्परामा जबरजस्त कायम छ ।” (उहीँ) ।
फ्रान्स र इग्ल्याण्डका कुलिन वर्गले मजदुरहरूलाई समाजवादको आकर्षणबाट विमुख बनाउन ‘इसाई समाजवाद’को अवधारणा ल्याएको थियो । उक्त विचारलाई महान दार्शनिक कार्लमाक्र्सले कम्युनिस्ट घोषणापत्रमा ‘वैराग्यवाद’ भन्नुभएको थियो । नेपालमा कम्युनिस्टप्रतिको आकर्षणबाट जनतालाई विमुख बनाउन धर्मको खोल ओढेका वैरागीहरूले ‘मानवसेवा’को रङ लगाएर इसाईकरण गरिरहेका छन् । समाजवादप्रति मजदुर वर्गको बढ्दो आकर्षणले अत्तालिएको कुलिन पुँजीपति वर्गप्रति लक्षित गर्दै कार्ल माक्र्सले भन्नुभएको छ, “इसाई वैराग्यवादलाई समाजवादको रङ दिनुभन्दा सजिलो काम अरू केही छैन ।” (कम्युनिस्ट घोषणापत्र, पृ.१०७) । उहाँले धर्मको अज्ञानताबारे खण्डन गर्दै भन्नुभएको छ, “मानिसले धर्मको निर्माण गर्दछ, धर्मले मानिसलाई बनाउँदैन ।” (हेगेलको अधिकारसम्बन्धी दर्शनको आलोचनामा योगदान, पृ.१५, अनु.युवराज पन्थी) । उहाँले धर्मलाई अफिम बताउनुभएको छ, “धर्म उत्पीडित प्राणीको सुस्केरा हो, एक हृदयहीन संसारको हृदय हो, त्यसरी नै यो आत्माविहीन विश्वको आत्मा हो । त्यो जनताको लागि अफिम नै हो ।” (उहीँ, पृ.१६) वास्तवमा धर्म मानिसको दिमाग परेको भ्रमपूर्ण छाप हो । धर्म मानिसको चेतनामा व्याप्त अज्ञानताको उपज हो । अर्थात् धर्मको जन्म मान्छेले गराएको हो । कार्ल माक्र्सले यसबारे पर्याप्त बहस चलाउनुभएको थियो ।
नेपालमा क्रिश्चियन धर्मालम्बीहरूले गरिबी, पछौटेपन र बेरोजगारको मुक्ति इसाई धर्मले गर्छ भन्नु वैराग्यवाद हो । कम्युनिस्ट घोषणापत्रमा कार्ल माक्र्सले यसलाई प्रतिक्रियावादी धारा भन्नुभएको छ । वैराग्यवादको अर्थ विचारविहीन निराशावाद हो । संसदीय राजनीतिले जनतामा निकै ठूलो निराशा पैदा गरेको छ । यही निराशामा टेकेर पश्चिमा शक्तिले इसाईकरण वृद्विका लागी नेपाल, भुटान, सिक्मिम र तिब्बत जस्ता हिमाली जिल्लालाई समेटेर ‘हिमालय रणनीति प्लान’ बनाएको छ । इसाई संघसंस्थाको ठूलो सञ्जालहरूमध्ये नेपालमा ‘युनाइटेड मिसन टु नेपाल’ प्रमुख रहेको छ । यो संस्थाले १६ वटा देशका ४० वटा संघसंस्थासँग मिलेर काम गरिरहेको छ । पाल्पाको तानसेनमा रहेको ‘मिसन अस्पताल’ यसै संस्था अन्तर्गत सञ्चालित छ । यसले पाटन र ओखलढुङ्गामा समेत अस्पताल चलाइरहेको छ । बाइबल सोसाइटीले विभिन्न जनजातिका भाषामा बाइबलको प्रकाशन गरी लाखौँप्रति निःशुल्क वितरण गरिरहेको छ । नेपालमा शिक्षा, स्वास्थ्य, रोजगार तथा कैयौँ लोक–कल्याणकारी कार्यको आवरणमा उनीहरू क्रियाशील रहेका छन् ।
आज पश्चिमा शक्तिले चीन र भारतमा पनि ठूलो परिणाममा इसार्ईकरण गरिरहेको छ । चीनमा सन् २०३० सम्ममा २४ करोड ७० लाख चिनियाँ नागरिकलाई इसार्ईकरण गर्नेे उनीहरुको योजना रहेको छ । भारतका १० राज्यमा अन्य धर्मालम्बीहरूको जनसंख्यालाई अलग–अलग गणना गर्दा इसाईहरू बहुमतमा आएका थिए । पश्चिमा शक्तिले नाइजेरियामा गरेको इसार्ईकरणका कारण आन्तरिक गृहयुद्वमा १० लाख मानिसले ज्यान गुमाएका थिए । दक्षिण अफ्रिकामा बाइबल लिएर छिरेको इसाईले बिसौं शताब्दीमा आइपुग्दा त्यहाँको राज्यसत्तामाथि नियन्त्रण गरेको थियो । कोसोबो, दक्षिण सुडान र क्रिमियाले आज भोगेको भयावह रूप इसाईकरणको परिणाम हो । इथियोपियाबाट अलग भएको इरिट्रिटा र सुडानबाट अलग भएको दक्षिणी सुडानको निर्माणका पछाडि इसार्ईको ठूलो हात रहेको थियो । अमेरिकाले विश्वका विभिन्न देशहरूमा प्रवेश गर्ने गुप्तचर संस्था सिआइएको प्रयोग गर्नुका साथै इसाई धर्मलाई राजनीतिक अस्त्रको रूपमा प्रयोग गरिरहेको छ । जसरी भारतीय स्वतन्त्रता संग्राममा भारतका इसाई धर्मालम्बीहरूले व्रिटिश साम्राज्यवादको सेवा गरेका थिए, त्यसैगरी नेपालमा इसाईकरणलाई रोक्न सकिएन भने वर्गसङ्घर्र्ष वा राष्ट्रिय मुक्ति आन्दोलनलाई गम्भीर क्षति पुर्याउने निश्चित छ ।
धार्मिक आडम्बरको खण्डन गर्दै फ्रेडरिक एङ्गेल्सले भन्नुभएको छ,“प्रकृति नै त्यो आधार हो, जुन प्रकृतिका हामी मानव जाति स्वयं उपज हौं । प्रकृति र मानिसभन्दा छुट्टै कुनै चीजको अस्तित्व छैन । हाम्रा धार्मिक कल्पनाहरूले सृष्टि गरेका धेरै उच्चस्तरीय जीवनहरू हाम्रा आ¬फ्नै सारतत्वका काल्पनिक प्रतिविम्ब हुन् ।” (लुडविग फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त,पृ.१०८) । उहाँले धर्मको विकास ‘चौतर्फी अज्ञानता वा अल्पज्ञान’का कारण भएको बताउदै ‘जालझेल’ आदर्शवादी दर्शनको सहारा भएको बताउनुभएको छ भने इसाई धर्मको उदय अलौकिक र कपोकल्पित कुराहरूलाई धेरै चाखले सुन्न तयार हुने मानिसहरूको बीचबाट भएको बताउनुभएको छ । (फ्रेडरिक एङ्गेल्स, उहीँ,पृ.१५७) । उहाँले धर्मसित कम्युनिस्ट पार्टीको सम्बन्धबारे भन्नुभएको छ, “सामाजिक– जनवादीहरूले धर्मलाई राज्यका सम्बन्धमा व्यक्तिगत मामिला मान्दछन् तर जहाँसम्म स्वयं हाम्रो प्रश्न हो, माक्र्सवाद र मजदूर वर्गको पार्टीको प्रश्न हो, हामीहरूले धर्मलाई व्यक्तिगत मामिला मान्दैनौं ।” (उहीँ, पृ.१८७) ।
हामीले श्रमिक जनतालाई सधैं वैज्ञानिक दृष्टिकोणबाट प्रशिक्षित गर्नुपर्दछ र वर्गसङ्घर्र्षमा सामेल गर्दै जानुपर्दछ । योसँगै धर्मभीरूहरूले चलाएका गलत प्रचारको खण्डन र इसाईहरूका विभिन्न विसङ्गतिहरूसित सङ्घर्ष गर्नु पनि अनिवार्य छ । यसको अर्थ धार्मिक प्रश्नलाई प्राथमिकता दिनुपर्दछ भन्ने कुरा होइन । समाजमा आर्थिक अभाव र गरिबीका कारण जनतामा धार्मिक चिन्तनको विकास हुनेबारे कामरेड भीआई लेनिन भन्नुहुन्छ, “मानव जातिमाथि लादिएको धर्मको जुवा आर्थिक उत्पीडनका प्रतिविम्ब र परिणाम हुन् ।” (समाजवाद र धर्म, पृ.१८२) । उहाँले धर्म बौद्विक शोषणको रूप भएको बताउदै भन्नुभएको छ, “धर्मले जनसमुदायमाथि अझ बढी बोझ थपिदिन्छ, जुन जनसमुदायले अरूका लागि निरन्तर काम गर्दछन् तथा अभाव र गरिबीबाट सधैंभरि तड्पिरहेका छन् ।” (समाजवाद र धर्म, पृ.१८०) । उहाँले धर्मलाई जनताको लागि अफिमको संज्ञा दिदै एक प्रकारको बौद्विक नशा भएको बताउनुभएको छ ।
उहाँले धर्मसित राज्यको कुनै सरोकार हुन नहुने कुरामा जोडदिदै रूचि अनुसार धर्म मान्न र नमान्न पाउनुपर्ने, अर्थात् हरेक व्यक्तिलाई धार्मिक स्वतन्त्रता दिनुपर्ने कुरामा जोड दिनुभएको छ । धर्मसित कम्युनिस्ट पार्टीको सम्बन्धबारे उहाँले भन्नुभएको छ, “कम्युनिस्ट पार्टीका सदस्यका लागी धर्म व्यक्तिगत सरोकारको बिषय होइन, कम्युनिस्ट पार्टी मजदुर वर्गको मुक्तिका लागी सङ्घर्र्ष गर्ने योद्वाहरूको अग्रदस्ता हो । यस्तो संगठन धार्मिक अन्धविश्वास, अज्ञानता र रूढीवादप्रति तटस्त रहनुहुँदैन । धार्मिक भ्रमका विरूद्व हामीले शुद्व सैद्वान्तिक सङ्घर्र्ष गर्नुपर्दछ । कम्युनिस्ट पार्टी हामीले मजदुर वर्गलाई गरिने हरेक प्रकारको शोषणका विरूद्व सङ्घर्र्ष गर्न बनाएको हौं । हाम्रो वैचारिक सङ्घर्र्ष केवल व्यक्तिगत सरोकारको बिषय नभएर सिंगो पार्टी र समस्त सर्वहारा वर्गको सरोकारको बिषय हो ।”(समाजवाद र धर्म,पृ.१८१)
समाजमा धार्मिक गतिविधि र चिन्तन विरूद्व कसरी सङ्घर्र्ष गर्ने भन्ने सन्दर्भमा उहाँले भन्नुभएको छ, “हामीहरूले धर्मका विरूद्व लडाइँ गर्नुपर्दछ— यो समग्र भौतिकवादको वा माक्र्सवादको क ख ग हो । तर माक्र्सवाद त्यस्तो क, ख, गमा नै रोकिने भौतिकवाद होइन । यो अगाडि बढ्दछ । यसले भन्दछ: धर्मका विरूद्व कसरी लड्ने भन्ने कुरा पनि सिक्नुपर्दछ तथा त्यसो गर्नका लागि जनताबीच हामीहरूले ईश्वर र धर्मको व्याख्या द्वन्द्वात्मक भौतिकवादी पद्वतिबाट गर्नुपर्दछ ।” (उहीँ, पृ.१८७) । म्याक्सिम गोर्कीले धर्मलाई चिन्तनको संकीर्णता, अस्थिर र निकृष्ट आत्मग्लानीबाट पैदा हुने बताउदै भन्नुभएको छ, “धार्मिक चिन्तन संकीर्णता र अस्थिर व्यक्तिको प्रिय आत्मलीनता नै हो । अशक्त र निराशा भइसकेको निकृष्ट निम्न–पुँजीवादको सपनासरी आत्म–ग्लानी हो ।” (गोर्कीलाई लेनिनको चिठी, १९१३, पृ.१९९) । धार्मिक अन्धविश्वासबाट जनतालाई कसरी अलग गर्ने भन्ने बिषयमा कामरेड भीआई लेनिनले भन्नुभएको छ, “पार्टीको उद्देश्य हो : शोषक वर्ग र सङ्गठित धर्म प्रचारबीचका सम्बन्धहरूलाई पूर्णतः समाप्त गर्नु तथा श्रमिक वर्गलाई धार्मिक पूर्वाग्रहबाट वास्तविक रूपमा मुक्ति दिलाउनु । त्यो उद्देश्य पूरा गर्नका लागि धेरै व्यापक मात्रामा वैज्ञानिक शिक्षा र धर्मविरोधी प्रचार संगठित गर्नुपर्दछ । हो, धर्ममा विश्वास गर्ने व्यक्तिहरूको धार्मिक भावनालाई चोट पु¥याउने कुराबाट बचियोस् भनेर सतर्कता अपनाउनुपर्दछ । किनभने त्यसबाट धार्मिक कट्टरतालाई बल पुग्दछ ।” (रूसी कम्युनिस्ट पार्टी (बोल्सेभिक)को इतिहास, पृ.२०२) । उहाँले धर्मबारे बहस गर्दै यसलाई ‘फलहीन फूल’ भन्नुभएको थियो ।
भारतीय कवि गोरख पाण्डेयले धर्मले हजारौं बर्षदेखि समाजको ‘आध्यात्मिक कवच’ गर्दै आइरहेको बताउनुभएको छ । भारतीय लेखक डा.सच्चिदानन्द मिश्रले “ईश्वर र ईश्वरमाथि आधारित धर्महरुको जुन प्रभाव मानव र त्यसको समाजमा परेको छ त्यसको विवेचना गर्दा स्पष्ट भएको छ–त्यो प्रभाव कुनै पनि किसिमले मानवीय प्रगतिको साधक रहिआएको छैन ।”(ईश्वर मरिसक्यो, पृ.१३३, अनु.बालकृष्ण नेभा) । आज धार्मिक ठगहरुको भ्रमजालमा आँखा चिम्लिनेहरु धर्मको आडमा साम्राज्यवादले आफ्नो स्वत्व, स्वाभिमान र राष्ट्र लुटिएको थाहा पाएका छैनन् । क्रिश्चियन साम्राज्यवादबाट अतिक्रमित अफ्रिकनहरुको एउटा भनाई छ,“जतिबेला हामीलाई क्रिश्चियनहरुले ईश्वरको नाममा आँखा चिम्लेर प्रार्थना गर्न भने त्यतिबेला हामीसँग सुन्दर देश र उर्वरा धर्ती थियो, जब हामीले आँखा खोल्यौं, हाम्रो हातमा बाइबल थियो र उनीहरुको हातमा देश ।”(घनश्याम शर्मा पौड्याल, धर्म, समाज र हिंसा) । अल्बर्ट आइन्स्टाइनले अमेरिकी विश्वविद्यालयमा प्रवचनको बेला ईश्वरबारे विद्यार्थीहरूको जिज्ञासामा ‘तिमीहरूले मेरो घर हो भन्दै बनाइदिएका ती अँध्यारा र चिसा मन्दिरहरूमा जान बन्द गर, मेरो निवास त हिमालहरू, जङ्गलहरू, नदीहरू, समुन्द्र किनारहरूमा छ’भन्नुभएको थियो ।
धर्मको आवरणमा इसाई धर्म यति क्रुर र हिंस्रक थियो कि पन्ध्रौँ शताब्दीमा चर्चको भ्रष्ट्राचार र दुराचारको विरोध गर्ने यान हुसानलाई चर्चकै फैसलामा ज्युँदै जलाइएको थियो भने फ्रान्सका जोन अफ आर्क नामकी युवतीलाई खम्बामा बाँधेर ज्युँदै जलाइएको थियो । इटलीका युवा वैज्ञानिक जोर्दानो बु्रनोलाई सन् १६०० मा ईश्वरको निन्दा गरेकै अभियोगमा चर्चमा जलाएर मारिएको थियो । चर्चभित्रै कैयौं पादरीहरुलाई यसैगरी निर्ममतापूर्वक मारिन्थ्यो ।
हामीले नेपाली समाज दिनप्रतिदिन इसाईकरण हुनुलाई द्वन्द्ववादी तरिकाले बुझ्नुपर्दछ । नेपाली समाज इसाईकरण हुँदै जानुमा पश्चिमा शक्तिको चरित्र मात्रै जिम्मेवार छैन, विद्यमान दलाल पुँजीवादी व्यवस्थाभित्रका संसदीय पार्टीहरूको धर्मभीरू चिन्तन र दलाल चरित्र पनि उत्तिकै जिम्मेवार छ । आज संसदीय पार्टीभित्रका नेता, सांसद, मन्त्री र उच्चपदस्थ कर्मचारीहरू इसाईकरण गर्ने गोप्य योजनामा संलग्न छन् । इसाईकरणले साम्राज्यवादको हस्तक्षेपलाई उर्बर बनाउन मानसिक आधार तयार गरिरहेको छ । इसाईकरणको धार्मिक अन्धविश्वासले ऐतिहासिक भौतिकवादको ज्ञान सिद्धान्तमाथि प्रहार गरिरहेको छ । यसले जीवन र जगतबारे भ्रम फैलाएर श्रमिक वर्गको विद्रोही चेतनालाई भुत्ते बनाइरहेको छ । जनतालाई नर्कको भय सिर्जना गर्ने, आत्मपीडक संस्कारको सिर्जना गरी कष्टकर जीवन विताउन बाध्य पारिरहेको छ । बाइबल र चर्चहरु यस्ता अन्धविश्वास फैलाउने माध्यम बनेका छन् । हामीले सबै धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपको विरोध गर्नुपर्दछ । इसार्ई धर्म सुरूदेखि नै कम्युनिस्टका विरूद्व प्रयोग गरिएको छ । दक्षिण एसियामा कम्युनिस्ट प्रभावलाई रोक्न इसार्ई चर्च मिसनरीले पूरै शक्ति लगाइरहेका छन् । हामीले यसलाई नजरअन्दाज गर्नुहुँदैन । नेपाली समाजको बढ्दो इसाईकरणलाई नजरअन्दाज गर्नुको अर्थ साम्राज्यवाद विरूद्वको आन्दोलनलाई मत्थर पार्नु हो । दक्षिण एसियामा कम्युनिस्ट वर्गसङ्घर्षलाई निस्तेज पार्ने षड्यन्त्र र उत्तरी चीनका विरूद्व घेराबन्दी गर्ने दीर्घकालीन रणनीतिक स्वार्थ बोकेको पश्चिमा इसाईकरण विरूद्व क्रान्तिकारीहरु सचेत रहनुपर्दछ ।
१३ माघ, ०७९, गुल्मी ।