१२ बैशाख २०८१, बुधबार

अखिल (क्रान्तिकारी) मकवानपुरको २४ औं सम्मेलन सम्पन्न, अध्यक्षमा सुर्य निर्वाचित

0

मकवानपुर: अखिल (क्रान्तिकारी) मकवानपुरको ऐतिहासिक २४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुर्य सीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

सम्मेलन हेटौंडा क्याम्पसको प्राङ्गणमा भएको हो । सिद्धार्थ मावि र मकवानपुर बहुमुखी क्याम्पसबाट निस्केको विद्यार्थी र्‍याली हेटौंडा नगरपालिका रोड, कांग्रेस चोक, संगम चोक, कान्ति राजपथ, बुद्धचोक, सिमाचोक, स्कुल रोड हुँदै हेटौंडा क्याम्पस पुगेको हो । क्याम्पसको प्राङ्गणमा र्‍याली पुग्नेबित्तिकै सम्मेलन उद्घाटन भएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र सी, विशेष अतिथि तथा पार्टीका पोलिटव्युरो सदस्य सन्देश सी लगायतका सम्पूर्ण अतिथी गणले २४ वटा मैनबत्ती बालेर सम्मेलनको उद्घाटन गरेका हुन् ।

सम्मेलन आयोजक समिति संयोजक सुर्य सीको सभाध्यक्षतामा भएको सम्मेलनले सुर्य सीको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति चयन गरेको छ । नव निर्वाचित जिल्ला समितिलाई प्रमुख अतिथी नरेन्द्र सीले सपथ ग्रहण गराएका हुन् । यसरी शैक्षिक क्षेत्रमा भएका तमाम समस्याहरुको समाधान गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि आम नेपाली विद्यार्थीहरुलाई गोलवन्द गराउने उद्देश्यका साथ अखिल (क्रान्तिकारी) मकवानपुरको २४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रममा जनवादी कलाकार सामना परिवार, स्थानीय कलाकार र विद्यार्थीहरुले आफ्ना कला प्रस्तुत गरेका छन् । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सी, केन्द्रिय सदस्य तथा डिवानका इन्चार्ज मिङमार सी, अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा पश्चिम बागमती इन्चार्ज विवेक सी, केन्द्रिय सदस्य बिक्रान्त सी लगायतक आतिथ्यता रहेका छन् । कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) मकवानपुरका निवर्तमान कोषाध्यक्ष तथा नव निर्वाचित कार्यसमितिको सह-सचिव सुवास सीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।