२१ बैशाख २०८१, शुक्रबार

नेकपा कास्कीको चौथो पूर्ण बैठक सम्पन्न 

0

नेपाल कम्युनिस्ट पार्टी कास्कीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी काजी सीको अध्यक्षतामा, पार्टीको राजनीतिक समिति सदस्य तथा पश्चिम गण्डक इन्चार्ज कमरेड राजन सी को प्रमुख आतिथ्यतामा र पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड उभार सी को विशेष उपस्तिथिमा सम्पन्न भएको छ ।
बैठकमा जिल्लाका सचिवालय सदस्य र जिल्ला सदस्यहरुले आ- आफ्नो कर्यक्षेत्रको रिपोर्ट र आवधिक योजनाको समिक्षा गर्नुका साथै पार्टीलाई सुझाव दिएका थिए । बैठकले साङ्गाठनिक, आर्थिक, विभागहरु र समाजवादी जनसत्ताबारे महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।भने जिलल्ला पार्टीको आयव्याय पनि पारित गरेको छ । बैठकमा आफ्नो विषय राख्दै प्रमुख अतिथि राजन सी ले अब पार्टी समाजवादी सत्ता स्थापना गर्दै आवधिक योजना सहित हस्तक्षेपकारी भुमिकामा जाने बताए भने जिल्ला इन्चार्ज उभार सी ले पार्टी विभाजनको भ्रम कास्कीबाट सिद्दिएको बताए । बैठकमा विद्यार्थी नेता प्रकाश सी, मजदुर नेता शिव सी र राष्ट्रिय वामपन्थी मञ्चका केन्द्रीय सदस्य पुस्प सी को समेत विशेष उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।