१३ बैशाख २०८१, बिहीबार

नेकपा पश्चिम जनकपुर ब्यूरोको प्रशिक्षण सम्पन्न

0

जनकपुर: नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोको राजनीतिक तथा योजनागत प्रशिक्षण आज सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा पश्चिम जनकपुर ब्यूरो इन्चार्ज जुझारु सी को अध्यक्षता र नेकपा स्थायी कमिटी सदस्य विषम सी को प्रमुख आतिथ्यतामा सोमबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

महोत्तरी जिल्लाको बर्दिबास स्थित गौरी डाडामा भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि विषम सी ले पार्टीको ६ महिने आवधिक योजनाका राजनीतिक र साङ्गठनिक लक्ष्य, पार्टी केन्द्रिय समितिको दस्ताबेज र सर्कुलरको भावबारे प्रशिक्षण दिएका छन् भने कार्यक्रममा पोलिट ब्युरो सदस्यहरु आधार सि र त्रिलोक सी लगाएतका केन्द्रिय नेताहरुले प्रशिक्षण मन्तव्य राखेका छन् ।

६ महिने आवधिक योजनाको लक्ष्य पुरा गर्न आयोजित प्रशिक्षण कार्यक्रमको सञ्चालन केन्द्रिय सदस्य तथा सिन्धुली इन्चार्ज शशी सी ले गरेका थिए भने केन्द्रिय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज पवन सी स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

पार्टी केन्द्रको दस्तावेज र सर्कुलर वाचन केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कमल सी ले गरेको प्रशिक्षणमा सर्लाही सेक्रेटरी जनक सी, महोत्तरी सेक्रेटरी ध्रुव सी, सिन्धुली सेक्रेटरी भरत सी, सर्लाही, महोत्तरी, सिन्धुलीका जिल्ला कमिटी सदस्यहरू लगाएत विभिन्न जनवर्गीय संगठनका प्रमुखहरुको सहभागिता रहेको कुरा केन्द्रिय सदस्य कमल सी ले जानकारी दिएका छन् ।

कार्यक्रममा ब्युरो इन्चार्ज जुझारुलाई सिन्धुली, महोत्तरी र सर्लाही जिल्ला सेक्रेटरीहरुले स्वागत समेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।