८ बैशाख २०८१, शनिबार

क्वारेन्टाइनबिना कृषिवस्तु आयात गर्न नदिने नेकपा नारायणी ब्युरोको निर्णय

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले भारतीय कृषिजन्य वस्तुहरुको बेरोकटोक आयातका कारण चितवन लगाएत देशका विभिन्न ठाउँमा उत्पादन भएको स्थानीय तरकारीले बजार नपाएपछि स्वदेशी कृषि उत्पादन धरासायी हुन लागेको र ती आयातीत वस्तुहरु मानव स्वास्थ्यका लागि समेत निकै घातक हुने गरेको भन्दै अब आयतित कृषिजन्य वस्तुहरुमा क्वारेन्टाइन नगरी हुने प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
केहि दिनअघि चितवनका किसानहरूले उत्पादन गरेको तरकारीजन्य वस्तुहरु बिक्री नभएको भन्दै सडकमा फालेर विरोध जनाएपछि किसानहरूको उक्त समस्या समाधान गर्न र आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले यस्तो निर्णय गरेको हो ।

सोमबार सम्पन्न ब्युरोको बैठकले तराई-मधेसमा डरलाग्दो गरि बढिरहेको मिटर ब्याज, महङ्गी र चक्रवती ब्याज र स्थानीय निकायमा बढ्दै गएको भ्रष्टाचार विरुद्ध आगामी फाल्गुन ५ गते ब्युरो अन्तर्गतका सबै जिल्लाहरुका स्थानीय प्रशासन मार्फत ज्ञापनपत्र दिने र जुलुस प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले एमसीसीका स्थानीय कार्यालय खोल्न रोक लगाउने र स्थानीय तहहरुलाई भ्रस्टाचार रोक्न भन्दै ध्यानाकर्षण गराउने निर्णय गरेको बैठकमा सहभागी नेकपाका पोलिट ब्युरो सदस्य सन्देश सी ले जानकारी दिएका छन् ।

मकवानपुरस्थित नेकपाको पार्टी कार्यालयमा भएको प्रथम बैठकले नेकपाको ६ महिने आवधिक योजनाका राजनीतिक र संगठनात्मक लक्ष्यहरुलाई हासिल गर्न स्थानीय स्तरमा ठोस योजना बनाउनुका साथै फाल्गुन १ गते जनयुद्ध दिवस मनाउने, सहिद सप्ताहलाई उत्साहपूर्वक सम्पन्न गर्ने र वित्तीय संघ संस्थाहरुको चर्को शोषण विरुद्ध जनपरिचालन तथा संघर्ष सञ्चालन गर्ने निर्णय समेत गरेको बताइएको छ ।

नारायणी ब्युरोको प्रथम बैठक सकिए लगत्तै मङ्गलबार ब्युरो स्तरमा कार्यकर्ता प्रशिक्षण गर्ने र कार्यक्रमलाई नेकपा स्थायी कमिटी सदस्य गोकुल सी ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य एबम नारायणी ब्युरो इन्चार्ज एटम सी को अध्यक्षतामा सम्पन्न बैठकमा पोलिट ब्युरो सदस्य सन्देश सी बिशेष अतिथिको रुपमा सहभागी थिए भने केन्द्रिय सदस्यहरु उत्सव, वाटर, मिङमार र बिनोद लगाएत ब्युरो सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।