१४ बैशाख २०८१, शुक्रबार

नेकपा महासचिव विप्लव र एमाले अध्यक्ष ओली बीच भेटवार्ता

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, पार्टी प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।भक्तपुरको बाल्कोटस्थित ओली निवासमा सोमबार बेलुका ७ बजे दुवै पार्टीका शिर्ष नेतृत्व बीच भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा मुलुकको जटिल र संकटपूर्ण आर्थिक राजनीतिक परिस्थिति, नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरुको नयाँ आधारमा ध्रुवीकरणको ऐतिहासिक आवश्यकता र विगतमा सरकार नेकपा बीच भएको ३ बुँदे सहमति अनुसार नेकपाका नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्नेबारे नेकपाको तर्फबाट कुराकानी राखिएको बताइएको छ ।

कुराकानीको क्रममा एमाले अध्यक्ष ओलीले तीन बुँदे सहमति अनुसार बन्दीहरुको रिहाई र मुद्दा फिर्ताको विषयमा आफु सकारात्मक रहेको बताएको जानकारी श्रोतले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।