१३ बैशाख २०८१, बिहीबार

नेकपाले भोलि राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गर्दै, महासचिव विप्लवले सम्बोधन गर्ने

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले भोलि बुधबार राष्ट्रिय नाचघर जमल, काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
पार्टीको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिकिकरण र देशको स्थितिबारे धारणा सम्प्रेषण गर्ने उदेश्यले आयाेजना गरेको पत्रकार सम्मेलनलाई पार्टीका महासचिव विप्लव सीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जानकारी दिएको छ ।

भोलि बुधबार राष्ट्रिय नाचघरमा दिउँसो १ बजेदेखि हुने पत्रकार सम्मेलनमा उपस्थितिका लागि पार्टीका प्रवक्ता प्रकाण्ड सीले एक प्रेस नाेट जारी गरि अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।