८ बैशाख २०८१, शनिबार

नेकपा महासचिव विप्लव र माओवादी समाजवादीका महासचिव सुशील बीच भेटवार्ता

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा (माओवादी समाजवादी)महासचिव कर्णजीत बुढाथोकी सुशील बीच आज भेटवार्ता भएको छ।काठमाडौँको बौद्धस्थित महासचिव सुशीलको निवासमा आज साँझ भेटवार्ता भएको हो।

देशको विद्यमान आर्थिक सामाजिक संकट, समसामयिक राजनीतिक परिस्थिति , दुई कम्युनिस्ट पार्टीहरु बीचको कार्यगत एकता र संयुक्त मोर्चाको बिषयमा दुई नेताहरू बीच कुराकानी भएको नेकपा केन्द्रिय सदस्य अडिग सी ले जानकारी दिएका छन् ।

भेटघाटका क्रममा नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्रवीकृत गर्न र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु बीच सहकार्य र एकताका लागि पहल लिने समझदारी भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।