१३ बैशाख २०८१, बिहीबार

नेकपा प्रवक्ता प्रकाण्ड र एमाले नेता मणि थापाले सङ्गै मनाए जनयुद्ध दिवस

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता एवम बरिस्ठ जनवादी सास्कृतिक कर्मि मणि थापाले जनयुद्ध दिवस सङ्गै मनाएका छन। काठमाडौ स्थित नेपाल कम्युनिस्ट पार्टीको कार्यालय बुद्धनरमा आज भएको जनयुद्ध दिवस बिशेष कार्यक्रममा दुवै नेताहरूले एक आपसमा शुभकामना आदनप्रदान गर्दै जनयुद्ध दिवस मनाएका हुन।

“नेपालमा समाजवादी/ जनवादी सस्कार – सस्कृति सङ्ग सम्बन्धित केहि मुद्दाहरुमा उहाँ ( मणि थापा)र नेकपा सम्बद्ध नेताहरु बिच छलफल गर्ने पुर्व निर्धारित कार्यक्रम थियो, त्यहि सन्दर्भमा सङ्गै २८ औं जनयुद्ध दिवस मनाउने संयोग जुर्यो”- नेकपाका एक केन्द्रिय नेताले भने।

मणि थापा बिगतमा माओवादी जनयुद्धको प्रक्रियामा सास्कृतिक आन्दोलनका बरिस्ठ श्रस्टा हुन।पछिल्लो एमाले – माओवादी एकता प्रक्रिया पछि प्रचण्ड सहितको माओबादी अलग भए पनि थापा सहितका केहि माओवदी नेताहरु भने एमाले पार्टी मै छ्न।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा वरिष्ठ समाजवादी श्र्स्टा चिरन सी, पोलिट ब्युरो सदस्य हितमान सी लगायत नेकपा सम्बद्ध नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।