१६ जेष्ठ २०८१, बुधबार

२८औं जनयुद्ध दिवस : क्रिया र प्रतिक्रिया

0

नेपालमा कम्युनिष्ट आन्दोलनको स्थापना कालदेखि नेपाली धर्तीमा प्रत्यक्ष जनसहभागीता सहित जीवनलाई हत्केलामा राखेर आफ्नो पुर्ण मुक्ति र स्वतन्त्रताको लागि भौतिकरुपमा सर्बहाराबर्ग सहभागी भएर तत्कालिन सामन्ती राजतन्त्रात्मक संसदिय ब्यवस्थाको शोषण उत्पिडनबाट उन्मुक्तीका लागि सचेत ढंगले संचालन गरिएको जनयुद्ध ईतिहासमा स्थापित शब्दावली मात्र होईन, यो बिश्वकै चौथो स्थान ओगटेको छ ,जनयुद्द मुक्तीकामी युद्ध हो ,यसले आफ्ना गौरवशाली २७ बर्ष पूरा गरि २८ बर्ष प्रबेश गरेको छ ।

हजारौको बलिदानी सयौको संख्यामा घाईते , दर्जनौ कमरेडहरुको वेपत्ता , लाखौ किसान -मजदुरहरुको श्रम र पसिनाबाट अनगिन्ती उपलब्धीहरु हासिल गर्दै आफ्नो बिजयको गन्तव्य लाई सफलतापुर्बक जारी राख्यो ।

प्रतिक्रियावादी शाशकहरुले जनयुद्दलाई माओवादी युद्द बनाउन देशी बदेशी शक्तिहरुको भरोसामा भरमग्दुर प्रयत्न गरे र गरिरहेका छन । जनयुद्दको नेतृत्व माओवादीले गरेको यथार्तलाई बङ्गाएर माओवादीले माओवादीका निम्ति गरिएको युद्द हो भन्ने बुझाउदैछन् । न्वारान देखीको बल प्रयोग किन गरिरहेका छन भन्ने कुरा गहिरोसंग बुझ्न र बुझाउन जरुरी छ । पहिलो कुरा त जनयुद्दले देशको ८०% भुभाग कब्जा ग-यो आम जनताको बिचमा जनताको सत्ता संचालन ग-यो। जनताको सुख दुखको साथी बन्यो। सामाजिक साँस्कृतीक रुपमा निकै ठूलो परिबर्तन आयो ।जनताले न्याय, सुरक्षा लगायतका मामलामा माओवादी सम्झिने भयो । हुदा हुदा संविधान सभाको पहिलो निर्बाचनबाट मृत्यु शैयामा सुतेका संसदिय दलको निद हराम, होस हराम हुनेगरि जनताले नेकपा (माओवादी ) लाई रोज्यो । त्यसपछी झनै जनयुद्द माओवादी युद्द हो , पुर्णकालिन भएकाहरुको मात्र हो भन्ने भावको षड्यन्त्र बढ्न थाल्यो । यसको सिकार तत्कालिन पार्टी नेतृत्व बन्ने प्रकृया पनि यसैको बिचबाट सुरु भयो ।

तथापी नेपाली कम्युनिस्ट आन्दोलन ऐतिहासिकता ओगट्ने जनयुद्दलाई तत्कालिन कम्युनिष्ट घटकहरुले नै सहजै जनयुद्द भनेर शब्द उच्चारण गर्न हिच्किचाहट गर्ने गरेको र बरु माओवादी बिचारबाट यसको नेतृत्व लाई सिध्याई दिएर आफू जस्तै बनाउने खेल चलाइयो। र एकहदसम्म सफल पनि भए।

जनयुद्दको बास्तबिक्ताबारे आम जनतामा भ्रम नै थियो र रहिरहेको छ ।२०% भुभाग खास गरि शहरमा जनयुद्दको प्रभाव परेन र जनयुद्दका बिषयमा जे सुने जे सुनाइए त्यही बुझे र बुझाईयो ।अन्तत: जनयुद्दको बिरुद्द त्यही शक्ति प्रयोग गरेर माओवादी आन्दोलनका बाकी शान्तिपुर्ण बर्ष जनयुद्द भन्दा चुनौतीपुर्ण बर्षका रुपमा रहे। परन्तु जनयुद्द दिवसलाई छलफल ,चर्चा परिचर्चाको बिषय बनाउनु पर्छ र एउटा सहि र बैज्ञानिक निष्कर्षमा पुग्नुपर्छ यो नै आजको आबश्यकता हुनजान्छ ।

कसले कसरी मनाए जनयुद्द दिवस ?

झट्ट हेर्दा एकथरिले जनयुद्धको सम्पुर्ण लक्ष्य पूरा भैसक्यो , अब उप्रान्त क्रान्ति वा युद्दको कुरा गर्नुको कुनै अर्थ छैन भन्दै भोतारिएका छन् भनेअर्कोथरिले जनयुद्द भैदिएको भए हुन्थ्यो सकभर आफुले गर्नु नपरोस भन्ने खालको भावश्यकता हुनेगरि उदेश्य बिहिन यात्रा गर्दै बरालिएको पाईन्छ। भने एकथरिले जनयुद्दका अधुरा कार्यभार पूरा गर्न जनयुद्दका तमाम सकारात्मक नकारात्मक अनुभव सहित सृजनशील ढंगले देशको आमूल परिबर्तनको चाहाना राखेर नया ढंगले आफुलाई सुदृढ गर्दै निरन्तर अगाडि बढीरहेको छ ।

पहिचानका लागि जनयुद्ध दिवस मनाउदाका ब्यानर र त्यहा उल्लेखित मुल नारा र मनाउने तौरतरिकाले प्रष्ट बुझिन्छ कि नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवसलाई सरकारी फेसनबाट मनायो कतै त सरस्वती पुजा मनाए जस्तो पाईन्छ ब्यानमा न त नारा छ !भाषणमा जनयुद्द को बिषयमा भन्दा सहकारी समूह, बिकास निर्माण र बजेट ब्यबस्थापनका भाषण छन् ।बलिदानी त्याग , वीरता सबै भुलिसकेको जस्तो गरि प्रस्तुत भएका छन् ।

केही घटकहरु जनयुद्दको बाटोमा अगाडि बढौ को नारा लेखेका उत्सबका ब्यानर सहित प्रस्तुत त भए तर सरकारसंग अबको निकास भनेको सर्बदलिय सरका र कार्यकारी राष्टपतीय प्रणाली भए समाजवाद आउछ भन्ने भाव ब्यक्त भयो ।अर्कोथरी जनयुद्धको नारा घोटेर चाट्ने जस्तो केही गरे बिग्रिन्छ कि कसैले गरिदिए पहिल्यै नैतिक सर्मथन भनेर अबतरण हुने देखिन्छ ।

साच्चिकै जनयुद्दको कार्यभार पूरा गर्ने पबित्र चाहाना त्यो प्रकारको नीति र कार्यक्रम हुने हो भने ब्यवहारमा ब्यक्त हुनु पर्ने हो त्यो देखिदैन । कम्युनिष्ट आन्दोलन किन फस्टाउन सकेन ? बिजय नजिकै पुग्ने तर हासिल नगर्ने वा कही बिजयको रक्षा गर्न नसक्ने यी र यस्ता समस्याको हल दिने मा कम्युनिष्ट लिडरहरु किन सोच्न सक्दैन ।

क्रान्तिको कठिन भन्दा कठिन मोडको नेतृत्व लिन किन असफल भएका छन् । आफ्नो केही स्वार्थ पूरा गर्न अरुका सबै स्वार्थ पूरा गर्न तयार हुने लम्पसार हुने ,आत्मसर्मपणवादी सोच र चिन्तनबाट कसरी माथी उठ्ने ? यो निकै गम्भीर कुरा हो ।

जस्तो कि जनयुद्द दिवसको सार्वजनिक विदा दिनलाई पृथ्वी जयन्तीको बिदा दिनुपर्ने , सहिद स्तम्भ निर्माण गर्नका लागि हिजो फालिएका शासकहरुका शालिकहरुको लागि पनि बजेट ब्यवस्था गर्नु पर्ने, धर्मनिरपेक्षतालाई बचाउन क्रिश्चियनका कार्यक्रमहरु उद्घाटन गर्नुपर्ने, सुरेश वाग्ले स्मृति राजमार्ग निर्माण गर्नु छ भने राजा महेन्द्र, ,ज्ञानेन्द्र वा यस्तै कुनै अरु थरीकाहरुको पनि अस्तित्व मानिदिनु पर्ने ,यस्तो बाध्यता किन आयो ? यस्ता समस्या झेल्दै वीरताको ईतिहासमा बिकारहरुको लपेटीसंगै जनयुद्द अगाडि नया ढंगले बढि नै रहेको छ र बढ्छ तर सचेतन प्रयत्न सबै जनयुद्द घटकहरुले गर्न जरुरी छ।

बिरोधीहरु एक पछि अर्को जनयुद्धको नाम -निशान मेट्न खोज्ने तर जनयुद्धकर्मी हामी एकअर्कालाई धारेहात लगाउदै जाने हो भने जो जहाँ, जुन उदेश्य लिएर हिडेको होस माओवादीको सर्बनाश हुने वाला छ । सम्वेदनशील भएर ब्यबस्था परिबर्तनका लागि एकताबद्ध हौ ,अनिमात्र जनयुद्ध दिवस मनाउनुको सार्थक्ता हुनेछ ।

केही प्रतिक्रियाहरु

जनयुद्धका घटक पार्टी र मित्रहरुले जनयुद्द दिवस मनाई रहदा तत्कालिन जनयुद्धको कमण्डर प्रचण्ड नेतृत्वको सरकारले फाल्गुण १ लाई सार्बजनिक बिदा दिने निर्णय ग-यो यो ठिक थियो कि बेठिक भन्दा पनि यो भन्दा राम्रो जनयुद्दमा बलिदान गर्नु हुने महान सहिदहरुलाई राष्टिय सहिद घोषणा गर्ने देखि अरु राम्रो केही गर्न सकिन्थ्यो कि भनेर बहस ,छलफल गर्नुको सट्टा केही जनबिरोधी तत्वहरु रुन्चे स्वरमा चिच्याएको देख्दा पो अनौठो र दया लाग्यो ।

जनयुद्दप्रेमी वा यात्री संगै गठबन्धन गर्ने जनयुद्दबाट आएको पार्टीको चुनाव चिन्हमा आँखा चिम्लेर हो या खुलाए हो, जान्दिन, तर भोट हाल्ने ,आफ्नो जितका लागि उनका पछाडी खुट्टा मात्र होईन, हातखुट्टा नै टेकेर दौडिने , उनीसंगै बसेर खाने मात्र होईन जुठो समेत खाने, अनि उहीँ पार्टीको जनयुद्ध दिवसलाई नानाथरिका टीका टिप्पोणी गर्ने? बिचरा बिचारमा कति दरिद्र रहेछन बुझ्न पाईयो !कत्तिको राजनितिज्ञ हुन हेर्न पाईयो ।

बास्तवमा जनयुद्द नभएको भए दलिय राजनितीको अन्तको सुरुवात राजा ज्ञानेन्द्रले गरिसकेका थिए, जनमुक्ती सेनाको महत्व केही कम्युनिष्ट र केही गैरकम्युनिष्ट पार्टीका नेताहरुले त्यतिबेला बुझे ,जतिबेला ज्ञानेन्द्र शाहाले उहाहरुलाई नजरबन्द बनाएर राखेका थिए ।जनयुद्ले आर्जन गरेका उपलब्धीमा रमाउने ,मोज गर्ने अनि जनयुद्द दिवसको बिषयमा नकारात्मक टिप्पणी गर्ने र प्रतिक्रिया दिने सरसर राजनिती बेईमानी भएन र महासय ?

सोचेर बोलौ , बिगत फर्केर बोलौ , बिना पुर्बग्रही भएर बोलौ, पक्षपाती नभए नि रचनात्मक आलोचक भएर बोलौ । तर ध्यान दिएर बोलौ ।जसरी बिपिको प्रजातन्त्र सबैको प्रजातन्त्र भयो ,त्यसरी नै जनयुद्दले ल्याएको गणतन्त्र सबैको गणतन्त्र भएरै छाड्छ। बेकारमा समय खेर फाल्नुभन्दा रचनात्मक कार्यमा लगानी गरौ । नेपालीले नेपाली कै लागि ठुलो त्याग गरेर परिबर्तनको भिमकाय अपेक्षा सहित सुरुवात गरिएको जनयुद्द दिवस आम नेपालीको पर्व हो ।यसलाई ब्यबस्थित गर्नु ,स्थापित गर्नु सचेत नागरिकको अहम् दायित्व हो ।

(लेखक नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा बाके जिल्ला इन्चार्ज हुन।)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।