
काठमाडौ / नेपाल गणतान्त्रिक खेलकुद महासंघले रास्ट्रीय खेलकुद परिषद भित्र हुने नीतिगत भ्रष्टाचार रोक्न र त्यस क्षेत्रका सार्वजनिक सरोकारका विषयलाई प्रक्रियागत र कानुन सम्मत बनाउनेबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्ने भएको छ।मङ्गलवार काठमाडौमा सम्पन्न भएको महासंघ पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
बैठक पछि रास्ट्रीय खेलकुद परिषदलाई नीतिगत भ्रष्टाचार विरुद्ध दबाव दिने उदेश्यले ध्यानाकर्षण पत्र दिन लागेको जानकारी दिदै एक सदस्यले भने “रास्ट्रीय खेलकुद परिषद भित्र ठुल्ठुला भ्रष्टाचारका घटनाहरु बेलाबखतमा आइरहेकै छन,खेलकुद परिषद भित्र हुने खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन र नियमावली बिपरित कामहरु भैरहेका छन,परिषदको वेरुजु पनि झण्डै १ अर्ब वरिपरि छ,निहित राजनीतिक र आर्थिक स्वार्थका लागि प्रशिक्षकहरु पनि पुरानै राखिरहने तर नयाँ र उर्जाशील पुस्तालाई रोक्ने काम भईरहेको छ, यी र यस्ता समस्यालाई हल गर्न सर्वप्रथम हामी ध्यानाकर्षण गराउछौ ।”
त्यस्तै नेपाल गणतान्त्रिक खेलकुद महासंघको पदाधिकारी बैठकले आगामी ३ महिना भित्र देशव्यापी संगठनलाई बिस्तार गर्ने, रास्ट्रीय स्तरमा एउटा खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ।
महासंघका अध्यक्ष जयन्द्र चन्दको अध्यक्षतामा भएको नेपाल गणतान्त्रिक खेलकुद महासंघको पदाधिकारी बैठकले संगठनका पुर्व फ्रयाक्सन इन्चार्ज मिलन सी लाई बिदाई र नयाँ इन्चार्ज शिलु सी लाई स्वागत गरेको जानकारी समेत दिइएको छ।