६ बैशाख २०८१, बिहीबार

श्रमिक समुदाय मोर्चाले जातीय बिभेद बिरुद्ध अन्तरास्ट्रिय मोर्चावन्दी गर्ने

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा नेपालले नेपाल , भारत लगाएतका समाजमा विद्यमान जातव्यवस्था, वर्ण व्यवस्था र बिभेद तथा छुवाछूत विरुद्ध संघर्ष गर्न र विभेद मुक्त राज्यव्यवस्थाको रुपमा बैज्ञानिक समाजवादको स्थापना गर्न अन्तरास्ट्रिय स्तरको मोर्चावन्दी निर्माण गर्ने निर्णय गरेको छ।फाल्गुन ३ र ४ गते सुनसरीको धरानमा सम्पन्न मोर्चाको चौथो पुर्ण बैठकले यस्तो निर्णय गरेको हो।

मोर्चाका अध्यक्ष रामलाल सी को अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य दिपेश सीको प्रमुख आतिथ्यतामा भएको बैठकले आगामी बैशाखमा रास्ट्रीय भेला गर्ने, सम्मेलनले दलित शब्द हटाई पारित गरेको श्रमिक समुदाय र सी जाति निर्माणबारे निर्णयलाई प्रचारप्रसार र स्थापित गर्ने, श्रमिक समुदायका अपमानजनक थरहरु परिवर्तन गर्ने कामलाई अभियानात्मक रुपमा लिने, जातीय भेदभाव र छुवाछूत विरुद्धका घटनामा संघर्ष गर्ने निर्णय समेत गरेको छ।

यस्तो छ श्रमिक समुदाय मोर्चाद्वारा जारी प्रेस वक्तव्यको पुर्णपाठ:

१) मोर्चाको पाँचौं रास्ट्रिय सम्मेलन बाट ´दलित` शब्द हटाइ विकल्पमा श्रमिक समुदाय नामाकरण गरेको र नेकपाको नवौं महाधिवेशनले पुराना जातिगत थर को स्थानमा ´सी` जातिगत थर राख्ने निर्णयलाई विभिन्न गोष्ठी, अन्तर्कृया र छलफलको माध्यमबाट प्रचार र स्थापित गर्ने ।
२) आगामी बैशाख महिनामा रास्ट्रिय भेला आयोजना गर्ने ।
३) जनआधारित संगठन र जनआधारित नेता-कार्यकर्ता बन्ने बनाउने नीति अन्तर्गत मोर्चा सदस्यता अद्यावधिक एवं जिल्ला भेला/सम्मेलन अभियान संचालन गर्ने ।
४) समाधान हुन नसकेका पुराना जातीय विभेदका मुद्दा र नयाँ छुवाछूतका घटना विरुद्ध संघर्ष गर्ने ।
५) अपमानजनक थर परिवर्तन गर्ने कार्यलाई अभियानात्मक रुपमा अघि बढाउने ।
६) श्रमिक समुदायको लागि राज्यले अगाडि सारेको नीति-कार्यक्रम, सेवा र सुविधामा भएको अनियमितताको विषय र जनजीविकाको विषयमा संघर्ष गर्ने ।
७) सहकारी, उत्पादन र व्यवसायको माध्यमबाट मोर्चालाई आत्मनिर्भर बनाउन योजनाबद्ध पहल गर्ने ।
८) २ महिनामा १ दिन सबै मोर्चा सदस्यहरूले श्रम गर्ने नीतिलाई पर्वको रुपमा स्थापित र लागू गर्ने ।
९) ´आवाज सम्प्रेषण` मासिक पत्रिका र ´आवाज पोष्ट डट कम` अनलाइन लाई नियमित र थप व्यवस्थित गर्ने ।
१०) ´सी` जातिको जन्म, विवाह, मृत्यु संस्कार कार्यहरु नयाँ, प्रगतिशील र रचनात्मक नीति र विधि अनुसार गर्ने ।
११) फागुन १) गते जनयुद्ध दिवस(फागुन १४-२१ सहिद सप्ताह), फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस(८ मार्च), चैत्र ५ गते अनेकोट दिवस, बैशाख १ गते नयाँ वर्ष, बैशाख १८ गते मे दिवस, जेष्ठ १ गते विद्यार्थी दिवस, जेष्ठ ७ गते वेपत्ता योद्धा स्मृति दिवस विभिन्न रचनात्मक कार्यक्रम सहित मनाउने ।
१२) क्रान्तिकारी कम्युनिस्ट, वामपन्थी, देशभक्त एवं प्रगतिशील लोकतान्त्रिक शक्ति संग साझा मुद्दामा सहकार्य र मोर्चाबन्दी गर्ने ।
१३) विभेद विरुद्ध अन्तर्राष्ट्रिय मोर्चाबन्दीलाई अघि बढाउने ।

२०७९ फागुन ५ श्रमिक समुदाय मोर्चा नेपाल
केन्द्रीय समिति


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।