१३ बैशाख २०८१, बिहीबार

नेकपाले आधारभुत तहको स्कुलिङ सञ्चालन गर्दै

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय स्कुलिङ्ग बिभागले आगामी चैत १०गतेबाट आधारभूत तहको केन्द्रिय स्कुल सञ्चालन गर्ने भएको छ।कपिलवस्तु स्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालयमा आज भएको स्कुलिङ्ग बिभागको प्रथम बैठकले यस्तो निर्णय गरेको हो।

केन्द्रिय स्कुलिङ्ग बिभाग प्रमुख भेषराज सीको अध्यक्षता र पार्टी महासचिव विप्लव सीको प्रमुख आतिथ्यता एवम बिभाग इन्चार्ज भरत सीको सहभागितामा भएको बैठकले पार्टीले संश्लेषसण गरेका बिचार, दर्शन, राजनीति, अर्थशास्त्र र संगठनात्मक क्षेत्रका अवधारणा र भौतिक विज्ञानमा भएको बिकास प्रक्रिया र त्यस आधारमा तय भएको कार्यदिशा लगाएतका विषयमा प्रशिक्षण गर्न स्कुल सञ्चालन गर्न लागेको हो।

बैठकले स्कुलिङ्गको आधारभुत, इन्टेरमिडेट र उच्च स्तरको पाठ्यक्रम बनाउने र कलेज सञ्चालन गर्न आवश्यक कामहरु अगाडि बढाउने निर्णय समेत गरेको कुरा केन्द्रिय स्कुलिङ बिभाग इन्चार्ज भरत सी ले जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।